लन्डन । बीबीसी नेपाली सेबाका पूर्ब प्रमुख खगेन्द्र नेपालीलाई स्पेनमा बिशेष सम्मान गरिने भएको छ । सन् १९७९ देखि झन्डै २७ बर्ष बीबीसी नेपाली सेबामा काम गरेर अबकास लिएका नेपालीलाई बिशेष सम्मान गर्न लागिएको हो । युरोपको एक अनलाइन न्यूज पोर्टल नेपालीनेपाली डटकमले दोश्रो वार्षिकोत्सव समारोहको अबसरमा नेपालीलाई सम्मान गर्न लागेको हो ।
२७ वर्ष लन्डनस्थित बीबीसी नेपाली सेवामा बिताएर अवकास लिनुअघि दश वर्ष उक्त सेवाको प्रमुख रहेका नेपाली पछिल्लो समय नेपाली साहित्यको अडियो बूक उत्पादनमा सक्रिय छन् । उनले नेपालको इतिहासमै पहिलो पटक अडियो बुक ल्याएका थिए ।
उनले सन् २००६ नोभेम्बरमा विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्तलाई पहिलोपटक अडियो बुकमा ल्याएका थिए ।
त्यसपछि नेपालीले डायमनशमशेर राणाको सेतो बाघ, रमेश विकलको अविरल बग्दछ इन्द्रावती, योगी आनन्द अरुणको सन्त गाथा र लक्ष्मीप्रसाद देवकोटाका उत्कृष्ट कविताहरुको अडियो बुक, झमक घिमिरेको आत्मजीवनीपरक निवन्ध जीवन कांडा कि फूल लाई अडियो बुकको रुपमा ल्याइसकेका छन् ।
छनोट समितिका संयोजक तथा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य एकराज गिरीले पत्रकारिता क्षेत्रमा लामो समय बिताएका खगेन्द्र नेपालीलाई स्पेनबासी नेपाली माझ सम्मान गर्न पाउनु गर्बको बिषय भएको बताए ।
नेपालीनेपाली डटकमका प्रधानसम्पादक बसन्त रानाभाटले नेपालीले पत्रकारितामा सफल कार्यकालपछि नेपाली साहित्य तथा संस्कृतिलाई नयां माध्यमबाट उचाईंमा पुर्याउँने व्यक्तित्वलाई सम्मान गर्दा युरोपबाट कलम चलाउने सबै पत्रकारलाई प्रोत्साहन मिल्ने बताए ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान