
लन्डन । यती नेपाली एसोसिएसन यूकेको महाधिवेशन नजिकिंदै गर्दा निर्वाचन माहोल पनि तातेको छ । युरोपकै सबैभन्दा पुरानो नेपाली संस्थाको नेतृत्व सम्हाल्न समाजका केही अगुवाहरुले आकांक्षा देखाएका छन् । एसोसिएसनको अध्यक्षमा महिला समाजसेवी पिपला देवान, समाजसेवी ध्रुव केसी, खगेन्द्र नेपाली, विजय थापा र गोपाल पौड्याल लगायतको नाम आएको छ । सामाजिक क्रियाशिलता र महिला भएका हिसावले पिपला देवानलाई नेतृत्व दिनुपर्नेमा केही सामाजिक अगुवाले लविइंग थालिसकेका छन् । वरिष्ठ उपाध्यक्षमा वी पी खनाल, उपाध्यक्षमा बासु लामिछाने र कैलाश नेपाल, महासचिवमा बाचस्पति रेग्मीले आकांक्षा देखाएका छन् ।
यसैबीच, महाधिवेशनबाट नयां नेतृत्व चयनका लागि निर्वाचन तालिका प्रकाशित भएको छ । यही मे २८ मा हुने महाधिवेशनमा इच्छुक सदस्यलाई सक्रिय सहभागिता जनाउन एसोसिएसनका अध्यक्ष उमेशराज मोक्तान, प्रमुख निर्वाचन संयोजक राजकुमार त्रिपाठी र संयोजक शिव भण्डारीले एक विज्ञप्तिमार्फत आग्रह गरेका छन् ।
विज्ञप्तिमा सदस्यता फाराम कार्यसमिति वा निर्वाचन समितिबाट प्राप्त हुने जनाउंदै सदस्यता फाराम भरेर मे २८ दश बजेसम्म बुझाउन अपिल गरिएको छ । निर्वाचन समितिले सदस्यताको अन्तिम नामावली मे २८ दिउसो १२ बजे प्रकाशन गरिने, उम्मेदवारी दिउसो १ बजेसम्म, उम्मेदवारीमाथि दाबी विरोध साढे १ बजेसम्म र उम्मेदवारको अन्तिम नामावली १.४५ बजे प्रकाशन गरिने जनाएको छ ।
कार्यसमिति चयनका लागि दिउसो २ देखि ५ बजेसम्म निर्वाचन र ५ बजेपछि मतगणना हुने बताइएको छ । मतगणना समाप्त भएलगत्तै निर्वाचन परिणाम घोषणा हुने छ ।
एसोसिएसनले बेलायतस्थित नेपालीहरुलाई सदस्यता फाराम बुझाइ महाधिवेशन सफल पार्न आग्रह गरेको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते