
लन्डन । यती नेपाली एसोसिएसन यूकेको महाधिवेशन नजिकिंदै गर्दा निर्वाचन माहोल पनि तातेको छ । युरोपकै सबैभन्दा पुरानो नेपाली संस्थाको नेतृत्व सम्हाल्न समाजका केही अगुवाहरुले आकांक्षा देखाएका छन् । एसोसिएसनको अध्यक्षमा महिला समाजसेवी पिपला देवान, समाजसेवी ध्रुव केसी, खगेन्द्र नेपाली, विजय थापा र गोपाल पौड्याल लगायतको नाम आएको छ । सामाजिक क्रियाशिलता र महिला भएका हिसावले पिपला देवानलाई नेतृत्व दिनुपर्नेमा केही सामाजिक अगुवाले लविइंग थालिसकेका छन् । वरिष्ठ उपाध्यक्षमा वी पी खनाल, उपाध्यक्षमा बासु लामिछाने र कैलाश नेपाल, महासचिवमा बाचस्पति रेग्मीले आकांक्षा देखाएका छन् ।
यसैबीच, महाधिवेशनबाट नयां नेतृत्व चयनका लागि निर्वाचन तालिका प्रकाशित भएको छ । यही मे २८ मा हुने महाधिवेशनमा इच्छुक सदस्यलाई सक्रिय सहभागिता जनाउन एसोसिएसनका अध्यक्ष उमेशराज मोक्तान, प्रमुख निर्वाचन संयोजक राजकुमार त्रिपाठी र संयोजक शिव भण्डारीले एक विज्ञप्तिमार्फत आग्रह गरेका छन् ।
विज्ञप्तिमा सदस्यता फाराम कार्यसमिति वा निर्वाचन समितिबाट प्राप्त हुने जनाउंदै सदस्यता फाराम भरेर मे २८ दश बजेसम्म बुझाउन अपिल गरिएको छ । निर्वाचन समितिले सदस्यताको अन्तिम नामावली मे २८ दिउसो १२ बजे प्रकाशन गरिने, उम्मेदवारी दिउसो १ बजेसम्म, उम्मेदवारीमाथि दाबी विरोध साढे १ बजेसम्म र उम्मेदवारको अन्तिम नामावली १.४५ बजे प्रकाशन गरिने जनाएको छ ।
कार्यसमिति चयनका लागि दिउसो २ देखि ५ बजेसम्म निर्वाचन र ५ बजेपछि मतगणना हुने बताइएको छ । मतगणना समाप्त भएलगत्तै निर्वाचन परिणाम घोषणा हुने छ ।
एसोसिएसनले बेलायतस्थित नेपालीहरुलाई सदस्यता फाराम बुझाइ महाधिवेशन सफल पार्न आग्रह गरेको छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार