पांचथर थर्पु समाज यूकेको वार्षिक भेला

13262506_1704907653102077_1526327661_o
लन्डन । पांचथर थर्पु समाज यूकेले सधैं झैं यस वर्ष पनि वार्षिक भेटघाट कार्यक्रम गरेको छ । बेजिङस्टोकको केम्पसट भिलिज हलमा आयोजित कार्यक्रम अध्यक्ष चन्द्र सुन्दास र सल्लाहकार रण बहादुर माबोले पानसमा दियो प्रज्वलन गरी उद्घाटन गरेका थिए ।
उपाध्यक्ष खुशी लिम्बु र सचिव ठालुमान माबोले संयुक्त रुपमा सञ्चालन गरेको उक्त कार्यक्रममा नेपालमा गत बर्ष भूकम्पबाट ज्यान गुमाएकाहरु र केहि महिना अघि स्वर्गीय भएका थर्पू गाबिसका वरिष्ठ समाजसेवी मान बहादुर काम्बाङ लगायत देहावसान भएका अन्य थर्पूजनहरुको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो ।

कार्यक्रममा यस वर्ष विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुरयाउने र 
उपलव्धि हांसिल गर्ने सदस्यहरु मध्ये एनआरएनए यूके प्रवक्ता र रोयल बरो अफ ग्रीनवीच नेप्लिज सोसाइटीका महासचिव एबं संस्थाका उपाध्यक्ष खुशी लिम्बु, एनआरएनए यूकेको सल्लाहकारमा नियुक्त भएका समाजका अध्यक्ष चन्द्र सुन्दास, थरक नेपाली समाज यूकेका अध्यक्ष पदमा निवार्चित भएका युवराज लिम्बु माबो, जिसीएसइमा तीनवटा ए स्टार र छ वटा ए ल्याएका युवन काम्बाङ र गत महिना आयोजित पांचथर कप फुटबल प्रतियोगितामा १८ वर्षभन्दा मुनिका खेलाडीहरुको टिमको नेतृत्व गर्दै विजय हात पार्ने सिक्कुम माबोलाई सम्मान गरियो ।

उक्त भेटघाट खानपिन र मनोरन्जनमा मात्र सिमित नरहेर आफ्नो जन्मभूमिको विकासका लागि केहि महत्वपूर्ण कार्य गर्ने प्रयासमा केन्द्रित रह्यो । कार्यक्रमको उत्तराद्र्धपछि समाजका कोषाध्यक्ष धन काम्बाङले थर्पु क्याम्पसका लागि समाजद्वारा निर्माण हुन गइरहेको लाइब्रेरीका निम्ति थर्पुवासीबाट ३,९४७ पाउण्ड जम्मा भएको जानकारी दिए । उक्त पुस्तकालय भवनको प्रारम्भिक लागत ६,००० पाउण्ड रहने अनुमान गरिएको छ भने समाजका सदस्य केन्ट निवासी हेमराज काम्बाङले निशुल्क जग्गा उपलब्ध गराएका छन् ।

त्यसैगरि समाजका अध्यक्ष तथा एनआरएनए यूकेका सल्लाहकार चन्द्र सुन्दासले वन एनआरएन वन एनसीसी अन्तर्गत परेको आफूले अध्ययन गरेको सिरिसे स्कूलको पुनर्निमाणका लागि १५१ पाउण्ड प्रदान गर्ने घोषणा गरे । उक्त अवसरमा अध्यक्षले आगामी सेप्टेम्बर २४ मा एनआरएनए यूकेद्वारा आयोजना हुन गइरहेको सिरिसे स्कूल च्यारिटी डिनरमा सहभागी हुन सबैलाई अनुरोध गरे ।

कार्यक्रममा निशुल्क पेय पदार्थ र साउण्ड सिस्टम प्रदान गरी अध्यक्ष सुन्दासले अतिरिक्त प्रायोजकको भूमिका निभाएका थिए । खानपान व्यवस्थापनमा समाजका सदस्य सुरेन्द्र काम्बाङले अग्रणी भूमिका निभाए भने सुरक्षाको जिम्मा अर्का सदस्य टेक माबोले लिएका थिए ।

हल व्यवस्थापन र सरसफाइको जिम्मा सल्लाहकारद्धय मोहन माबो र मानकुमार काम्बाङ, उपाध्यक्ष टिल तावा र सदस्य दिल सिगु पहाडेले लिएका थिए । त्यसैगरि, समाजका सल्लाहकार श्रीमति लिला सेलिङ माबो र सदस्य लिलाराज काम्बाङले राफल ड्र सञ्चालन गरे ।

कार्यक्रमको अन्ततिर नेपालबाट भर्खरै बेलायत आएकी आकृति राईले दुईवटा अत्यन्त मनमोहक नृत्य प्रस्तुत गरिन् । त्यसपछि शुरु भएको डिजे कार्यक्रममा राति नौ बजेसम्म सहभागी रमाइलोसंग नाचे ।

कार्यक्रममा अध्यक्ष सुन्दासले उपस्थित सम्पूर्ण अतिथिजनहरु, सल्लाहकारहरु, प्रायोजकहरु, पुस्तकालय निर्माणका लागि सहयोग दिने दाताहरु, स्वयंसेवकहरु लगायत सम्पूर्णलाई हार्दिक शुभकामना व्यक्त गर्दै समाजको तर्फबाट आगामी वर्षहरुमा पनि सहयोगको अपेक्षा गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री