लन्डन । २५६० औं बुद्ध जयन्तीका अवसरमा बेलायतका विभिन्न शहरमा प्रवचनसहित कार्यक्रम भएका छन् । बुद्धिष्ट कम्युनिटी सेन्टर अल्डरसट, उलवीच, लन्डन पार्लियामेन्ट स्क्वायर लगायत शहरमा कार्यक्रम भएका हुन् ।
कपिलबस्तु समाज यूकेको मुख्य आयोजनामा करिब ५ दर्जन संघसंस्थाको सहभागितामा लन्डन पार्लियामेन्ट स्क्वायरमा बुद्ध जयन्ती तथा दीप प्रज्वलन भएको भोलिपल्ट दक्षिणपूर्व क्षेत्रीय लन्डनमा पनि २५६० औं बुद्ध जयन्ती धुमधामसंग मनाइएको छ ।
२१ मे शनिवार दक्षिणपूर्व क्षेत्रीय तमुधिं लन्डनको आयोजनामा शान्ति पदयात्रासहित बुद्धजयन्ती मनाइयो । उक्त कार्यक्रमको मुख्य उद्देश्य भगवान बुद्ध नेपालमा जन्मिएका थिए भन्ने सन्देश दिन र उनले प्रतिपादन गरेका दर्शनलाई विश्व सामु उजागर गरी नेपालको गौरव बढाउने प्रयासले गरिएको आयोजकले जनाएका छन् । कार्यक्रममा मुख्य अतिथि थिए रोयल ग्रीनवीच बरोका मेयर काउन्सिलर नर्मन अडाम्स् । नेपालमा गतवर्ष महाभूकम्पका कारण दिवंगत भएका व्यक्तिहरुको आत्मशान्तिका लागि प्रार्थना र द्वीप प्रज्वलन गरी कार्यक्रम प्रारम्भ भएको थियो । प्रथम चरणमा द्वीप प्रज्वलन गरे पश्चात शान्ति पदयात्रा र्याली गरियो ।
शान्ति पदयात्रा हुनुपूर्व कार्यक्रम संयोजक एवं समाजका सल्लाहकार सुमल कुमार गुरुङले पदयात्राका दौरान राख्नुपर्ने शान्ति सुरक्षाबारे सम्बोधन गरेका थिए । समाजका अध्यक्ष श्रीचन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न प्रथम चरणको कार्यक्रम महासचिव सुमन गुरुङ र दोश्रो चरणको कार्यक्रम समाजका सल्लाहकार योगेश गुरुङले सञ्चालन गरेका थिए । पदयात्रापछि शाकाहारी भोजनको व्यवस्था समाजका उपाध्यक्ष कमला गुरुङको नृतृत्वमा आमा समूहले गरेको थियो ।
कार्यक्रममा बेलायतस्थित विभिन्न संघसंस्थाहरुको सहभागिता थियो । दोश्रो चरणमा विश्व शान्ति पूजा र प्रवचन गरियो । कार्यक्रमको अन्तमा संयोजक गुरुङले सहभागी तथा धर्मगुरुहरुलाई धन्यवाद दिएका थिए । समाजका अध्यक्ष, श्रीचन्द्र गुरुङ, वरिष्ठ सल्लाहकार मोहन गुरुङ तथा पूर्व अध्यक्ष तथा सल्लाहकार हरि गोविन्द गुरुङको हातबाट गुरुहरुलाई दक्षिणा प्रदान गरे पश्चात कार्यक्रम समापन गरिएको संस्थाले जानकारी दिएको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते