लन्डन । बेलायतस्थित नेपाली समुदायले बेलायती संसद भवन अगाडि बुद्ध जयन्ती मनाएको छ । शुक्रबार सांझ लन्डन वेष्टमिनिष्टरस्थित पार्लियामेन्ट स्क्वायरमा २५६० औं बुद्ध जयन्ती मनाइएको हो । बुद्ध जन्मस्थानबारे भ्रम फैलिरहंदा त्यसको वास्तविकता विश्व समुदायसमक्ष दिन कार्यक्रम गरिएको आयोजकले प्रष्ट्याएका छन् ।
उक्त अवसरमा गत वर्षको भूकम्पमा दिवगंत हुनेहरुको सम्झनामा मौनधारण गर्दै दीप प्रज्वलन समेत गरियो । कार्यक्रममा आध्यात्मिक नेता लामा पाल्देन तामाङबाट प्रवचन र मन्त्रोचारण भएको थियो ।
कपिलवस्तु समाज यूके मुख्य आयोजक रहेको उक्त कार्यक्रमलाई लन्डनस्थित नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड, एनआरएनए यूके र बेलायतका अन्य दर्जनौं संघसंस्थाले ऐक्यवद्धतासहित सहयोग गरेका थिए ।
उक्त अवसरमा प्रमुख अतिथी ब्रिटेनको सर्वदलीय संसदीय समितिका नेपाल अध्यक्ष सांसद बीरेन्द्र शर्माले भगवान गौतम बुद्धको विश्व शान्तिको सन्देश अहिले पनि उत्तिकै सान्दर्भिक भएको चर्चा गर्दै बुद्धको शान्ति, समानता, मोक्ष, आर्थिक समृद्धि र गरिवी निवारण जस्ता सन्देश विश्वले अहिले पनि खोजिरहेको उल्लेख गरे ।
अतिथीहरु सांसद सिमा मल्होत्रा, लन्डन एसेम्ली मेम्बर डा. ओन्कार सहोता र नेपाली दूतावासका एट्याची तेजेन्द्र रेग्मीले बुद्ध जयन्तीको शुभकामना दिंदै बुद्धको शान्ति, समृद्धि र मानव कल्याणको सन्देश अहिले पनि अनुशरण योग्य भएको बताए ।
आयोजक कपिलवस्तु समाज यूके अध्यक्ष दीपक श्रेष्ठले लन्डनको मुटु पार्लियामेन्ट स्क्वायरमा विश्वभरका मानिस आउने भएकाले यहांबाट शान्तिका अग्रदूत गौतम बुद्धको सन्देश विश्वभर फैलाउन र बुद्धको जन्मबारे रहेको भ्रम हटाउन कार्यक्रम गरिएको जनाए ।
गणेश खड्काले संयोजन गरेको उक्त कार्यक्रममा एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ, एनआरएनए युरोप संयोजक कुल आचार्य, नेपाल पर्यटन बोर्डका यूके प्रतिनिधि पशुपति भण्डारी, डा. कविताराम श्रेष्ठ लगायतले शुभकामना र एभरेष्ट गौतमले स्वागत मन्तव्य दिएका थिए ।
यसअघि बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले २५६० औं बुद्ध जयन्तीका अवसरमा एक शुभकामना सन्देश दिंदै विश्वभर रहेका बौद्धमार्गीहरुका लागि यो विशेष अवसर भएपनि बुद्धको जन्मभूमि नेपालका जनताका लागि यो अझ विशेष महत्वपूर्ण भएको बताएका थिए ।
लन्डनका नव निर्वाचित मेयर सादिक खानले आफू व्यस्तताका कारण उपस्थित हुन नसक्ने जनाउंदै कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।
कार्यक्रममा ह्यारी गुरुङ र जिवन सेनले हेल्थ एण्ड सेफ्टीबारे जानकारी दिए भने आयोजकले अतिथीहरुलाई मायाको चिनो प्रदान गरेका थिए । उक्त कार्यक्रमको व्यवस्थापन गणेश दाहालले गरेका हुन् ।
तस्विरः कुशल श्रेष्ठ
बेलायतमै मतदानको व्यवस्था गराउन सीएनसीबीजीको माग, दूतावासमार्फत पठाइयो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
यतिखेर नेपाललाई डायस्पोराको झन् बढी खाँचो : कार्यवाहक राजदूत दुवाडी
गायक राजु लामाको मंगोलियन हर्टले आगामी १३ डिसेम्बरमा बेलायतमा प्रस्तुति दिने
नेपालको राजधानीमा एमालेको प्रदर्शन
बेलायतको पूर्व सांसदलाई जेल सजाय, रुसबाट घुस लिएको अभियोग
कामदार भिसामा बेलायत पठाउने भन्दै ४२ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ
बेलायतमा कार दुर्घटनामा मृत्यु भएका तामाङका परिवारलाई एनआरएनए यूकेद्वारा झन्डै ५ लाख सहयोग हस्तान्तरण
बेलायतमा मृत्यु भएका नेपालीको नाममा फेक एकाउन्टबाट सहयोग संकलन, बन्द गर्न ‘गो फन्डमी’मा रिपोर्ट
दक्षिणपश्चिमी जापानमा भीषण आगलागी : १७० घर नष्ट, सयौँ विस्थापित
नेपाली महिला फुटबल कप्तान एन्जिला तुम्बापोलाई बेलायतमा सम्मान