लन्डन । बेलायतस्थित नेपाली समुदायले बेलायती संसद भवन अगाडि बुद्ध जयन्ती मनाएको छ । शुक्रबार सांझ लन्डन वेष्टमिनिष्टरस्थित पार्लियामेन्ट स्क्वायरमा २५६० औं बुद्ध जयन्ती मनाइएको हो । बुद्ध जन्मस्थानबारे भ्रम फैलिरहंदा त्यसको वास्तविकता विश्व समुदायसमक्ष दिन कार्यक्रम गरिएको आयोजकले प्रष्ट्याएका छन् ।
उक्त अवसरमा गत वर्षको भूकम्पमा दिवगंत हुनेहरुको सम्झनामा मौनधारण गर्दै दीप प्रज्वलन समेत गरियो । कार्यक्रममा आध्यात्मिक नेता लामा पाल्देन तामाङबाट प्रवचन र मन्त्रोचारण भएको थियो ।
कपिलवस्तु समाज यूके मुख्य आयोजक रहेको उक्त कार्यक्रमलाई लन्डनस्थित नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड, एनआरएनए यूके र बेलायतका अन्य दर्जनौं संघसंस्थाले ऐक्यवद्धतासहित सहयोग गरेका थिए ।
उक्त अवसरमा प्रमुख अतिथी ब्रिटेनको सर्वदलीय संसदीय समितिका नेपाल अध्यक्ष सांसद बीरेन्द्र शर्माले भगवान गौतम बुद्धको विश्व शान्तिको सन्देश अहिले पनि उत्तिकै सान्दर्भिक भएको चर्चा गर्दै बुद्धको शान्ति, समानता, मोक्ष, आर्थिक समृद्धि र गरिवी निवारण जस्ता सन्देश विश्वले अहिले पनि खोजिरहेको उल्लेख गरे ।
अतिथीहरु सांसद सिमा मल्होत्रा, लन्डन एसेम्ली मेम्बर डा. ओन्कार सहोता र नेपाली दूतावासका एट्याची तेजेन्द्र रेग्मीले बुद्ध जयन्तीको शुभकामना दिंदै बुद्धको शान्ति, समृद्धि र मानव कल्याणको सन्देश अहिले पनि अनुशरण योग्य भएको बताए ।
आयोजक कपिलवस्तु समाज यूके अध्यक्ष दीपक श्रेष्ठले लन्डनको मुटु पार्लियामेन्ट स्क्वायरमा विश्वभरका मानिस आउने भएकाले यहांबाट शान्तिका अग्रदूत गौतम बुद्धको सन्देश विश्वभर फैलाउन र बुद्धको जन्मबारे रहेको भ्रम हटाउन कार्यक्रम गरिएको जनाए ।
गणेश खड्काले संयोजन गरेको उक्त कार्यक्रममा एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ, एनआरएनए युरोप संयोजक कुल आचार्य, नेपाल पर्यटन बोर्डका यूके प्रतिनिधि पशुपति भण्डारी, डा. कविताराम श्रेष्ठ लगायतले शुभकामना र एभरेष्ट गौतमले स्वागत मन्तव्य दिएका थिए ।
यसअघि बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले २५६० औं बुद्ध जयन्तीका अवसरमा एक शुभकामना सन्देश दिंदै विश्वभर रहेका बौद्धमार्गीहरुका लागि यो विशेष अवसर भएपनि बुद्धको जन्मभूमि नेपालका जनताका लागि यो अझ विशेष महत्वपूर्ण भएको बताएका थिए ।
लन्डनका नव निर्वाचित मेयर सादिक खानले आफू व्यस्तताका कारण उपस्थित हुन नसक्ने जनाउंदै कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।
कार्यक्रममा ह्यारी गुरुङ र जिवन सेनले हेल्थ एण्ड सेफ्टीबारे जानकारी दिए भने आयोजकले अतिथीहरुलाई मायाको चिनो प्रदान गरेका थिए । उक्त कार्यक्रमको व्यवस्थापन गणेश दाहालले गरेका हुन् ।
तस्विरः कुशल श्रेष्ठ
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
होर्मुज खुलाउन इरानले मानेन
बेलायत बन्यो विश्वकै सबैभन्दा कडा धूम्रपान नियन्त्रण नीति अपनाउने देशमध्ये एक
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
बेलायतमा नेपाल पहिल्यै लोकप्रिय : राजदूत रोर्वट फेन
कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग
‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषि र कमललाई
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो