समाजकाे एकता खल्बल्याउने प्रयास : ग्रेटर रेडिङ नेपाली कम्यूनिटी एसोसिएसन

grnca_logo
मिति १८ मे २०१६ मा ग्रेटर रेडिङ  नेपाली कम्यूनिटी एसोसिएसनको बिषयमा बेलायतबाट प्रकासित वीनेपाली अनलाईन न्यूजमा  “ग्रेटर रेडिङ  नेपाली कम्यूनिटी एसोसिएसनमा भाँडभैलो” भन्ने समाचारप्रति हाम्रो समाजको ध्यानाकर्षण भएको छ । ग्रेटर रेडिङ  नेपाली कम्यूनिटी एसोसिएसन एउटा चलायमान सामाजिक संस्था भएकोले यस संस्थाको बिषयमा बिभिन्न कोणहरुबाट कुराहरु उठ्नुलाई हामीले स्वभाबिक मानेका छौं । ग्रेटर रेडिङ  नेपाली समाजको ईतिहासमै पहिलोपटक भोली हुन गईरहेको बार्षिक साधरणसभालाई प्रभाबित गर्ने गरि समाचार आउनुलाई समाजको गतिलाई मन नपराउनेहरुले अध्यारोबाट ढुंगा हान्ने प्रयास मात्रै हो भन्ने हाम्रो बुझाई रहेको छ । साधरणसभा भनेको साधरण सदस्यले पनि समाजमा देखिएका गल्तिलाई औंल्याउन पाउने अधिकार सम्पन्न भेला हो र सो भेलामा यी बिषयमा कुरा राख्नुको साटो समाजमा नकारात्मक हुने गरी र ब्यक्तिको चरित्रहत्या गर्नेसम्म निचता प्रकट गर्ने कार्यमा उद्धत समाचारलाई ग्रेटर रेडिङ  नेपाली कम्यूनिटी एसोसिएसन  पूरै खारेज गर्दै बुँदागत रुपमा खण्डन गर्दछौं ।
१. राजिनामा बारेः–
ग्रेटर रेडिङ  नेपाली कम्यूनिटी एसोसिएसनमा जम्मा २१ सदस्यिय कार्यसमिति रहेको जानकारी गराउँदछु । आठ पदाधिकारी रहेकोमा दुई पदाधिकारी र एक सदस्यले समाजमा काम गर्न नसक्ने कारण सहितको राजिनामा पत्र बुझाउनु भएको छ र सो राजिनामा पत्रमा समाचारमा प्रकासित कुनै पनि विषयमा मेल खाँदैन । राजिनामा पत्र चाहिएमा समाजको अनुमतिमा उपलब्ध गराउन सकिनेछ ।
२.रकम हिनामिना बारेः–
यस समाजको यो वर्ष मात्रै १७ औपचारिक बैठक र बिधिवतरुपमा बीसौ पदाधिकारीको बैठक बसेको छ । बैठकले निर्णय गरेको रकम मात्र पुननिर्माणमा सहयोग गरिएको  र रकम बैंकबाट संबन्धित स्कुलको खातामा पठाउनुका साथै सो रकम हस्तान्तरण नेपालका शिक्षा मन्त्री गिरिराजमणि पोख्रेलको समउपस्थितिमा भएको जानकारी गराउँदछु । आवश्यक परेमा सम्पूर्ण कागजपत्र उपल्ब्ध गराउने छौं । साथै निर्माणाधिन स्थलमा नै ग्रेटर रेडिङ  नेपाली कम्यूनिटी एसोसिएसनको लोगो सहितको ब्यानर सार्वजनिक ठाउँमा रकम खुलाएर राखिएको फोटो पनि प्रकासित गरिएको थियो । यो बाहेक एनआरएनए यूके र नेपाली दूतावासमार्फत पनि हस्तान्तरण गरेको छौं । वीनेपाली अनलाईनको समाचारसहित विभिन्न अनलाईनमा  नेपालमा दिईएको रकम र एनआरएनलाई दिइएको रकमको समाचार २८ फेब्रुअरी २०१६ मा  प्रकासित भईसकेको छ । नेपालको माउण्टेन टिभी र एभिन्यूज टिभीले न्यूज कभरेज गरेको थियो र सो भिडियो क्लिप समाजसंग सुरक्षित रहेको छ । समचारमा प्रकासित भएको अंक नै आधारहिन हिसावको अंक देखिनुले पनि यो एउटा प्रायोजित लान्छना हो भन्ने प्रष्ट हुन्छ । अडिट हिसाब भोलिको भेलामा प्रतिलिपि वितरण गर्दै प्रस्तुत गरिने छ ।
३.एम्बुलेन्सको बिल नतिरेको भन्ने बारेः–
ग्रेटर रेडिङ  नेपाली कम्यूनिटी एसोसिएसनको अफिस तत्कालीन महासचिवकोमा रहेको र हरेक बिलहरु त्यही ठेगानामा आउने गरेकोले महासचिवले समाजमा सो बिलको बिषयमा जानकारी गराउन ढिला हुन गएकोमा भुक्तानी  केही ढिला हुन गएको थियो र  सो बिल प्राप्त हुनासाथ भुक्तानी भएर लेखा परीक्षण पनि गरिएको जानकारी गराउदछौं ।
४.अध्यक्षलाई काउन्सिलले जरिवाना गरेको बारेः–
यो नितान्त ब्यक्तिगत विषय हो । यो विषयको वास्तबिकता के हो भन्ने साधारण जानकारी पनि नभएको ब्यक्तिबाट आएको विषयलाई समाचार बनाइनु खेदजनक छ । यो विषयले अध्यक्ष मान गुरुङ्गलाई अपराधीको दर्जामा राख्ने कोषिस गरिएको हो भन्ने बुझाई रहेकोले अध्यक्षले ब्यक्तिगत मानहानीको विषयमा कानुनी बाटो खोज्नेसम्मको परिस्थितिको सृजना भएको महसुस गरिएको छ । समाजमा बहस छलफल र सहयोगको भावनामा खडेरी लागेपछि मानिस कपोकल्पित विषय बनाएर चरित्र हत्या गर्नेतर्फ उद्धत हुने गर्दछन । समजमा नकारात्क सोच राख्नेहरुलाई पनि  भोलि २१ मे मा हुने साधारणसभामा उपस्थित भई आफूलाई लागेको जिज्ञासा स्पष्ट राख्न समेत अनुरोध गर्दछौं ।
समाजमा सामाजिक काम गर्ने हुतुले कार्यरत रहने हुनाले सामाजिक काम गर्नेहरुको ईच्छा शक्तिलाई निरुत्साही बनाउन ग्रेटर रेडिङ  नेपाली कम्यूनिटी एसोसिएसनमा विगतदेखि एउटा प्रबृत्ति हावी हुने कोसिस गरेको छ । सो प्रबृत्तिले नेपाली समाजको एकतालाई खलबलाउने एउटा अभिजात बर्गमात्रै नेपाली हुं भन्दै अरुलाई तिरस्कार गर्ने एउटा लाहुरे र गुरुङ्ग भएको आधारमा नेतृत्व मान्दिन भन्ने जस्ता अभिब्यक्तिहरु दिने ब्यक्तिहरु नै अहिले समाजको गतिलाई अन्योलमा धकेल्न कपोकल्पित समचारहरुको साहारा लिएका छन् । हामी ती ब्यक्तिहरुलाई नेपाली समाजलाई कम्जोर पार्ने हेतुले गरिने यस्ता खाले दुस्प्रचारमा लाग्नु भन्दा नेपाल र नेपालीको लागी गरिने काममा सहयोग गर्न अनुरोध गर्दछौं । साथै अनलाईन पत्रिकामा प्रकासित कपोकल्पित समचारप्रति ग्रेटर रेडिङ नेपाली कम्यूनिटी एसोसिएसनका सदस्य तथा अन्यहरु भ्रममा नपर्नका लागी समेत हार्दिक अनुरोध गर्दछौं ।
अन्तमा, भोलि हुने वार्षिक साधरणसभामा नेपाली समाजका संपूर्ण सदस्य, बुद्धिजिवी वर्ग, पत्रकारहरु तथा संपूर्ण महानुभावहरुलाई उपस्थित भई समाजले गत वर्ष गरेका कार्यक्रमहरु तथा भावी कार्यक्रमहरुको बारेमा जानकारी लिनको लागी हार्दिक निमन्त्रणा गर्दछौं । धन्यवाद
मितिः २० मे २०१६
 मान गुरुङ्ग                                                     ओमकार अधिकारी                                                                           
    अध्यक्ष                                                          महासचिव                   
ग्रेटर रेडिङ  नेपाली कम्यूनिटी एसोसिएसन  

प्रतिक्रिया

सम्बन्धित सामाग्री