
लन्डन । ग्रयाण्ड मास्टर एनजे गुरुङले ‘नकल पुस अप्स्’ मा गिनिज वर्ल्ड रेकर्ड राख्न आवेदन दिएका छन् । एनआरएनए आइसीसी युरोप स्पोर्टस् टाक्स फोर्स कोअर्डिनेटर गुरुङले ‘मोस्ट नकल पुस अप्स् इन वान मिनेट’ क्याटेगोरिजका लागि आवेदन दिएका हुन् ।
गत १४ मेमा लन्डन नर्थहोल्ट पार्क सोसियल क्लवमा सार्वजनिक रुपमा उनले एक मिनेटमा ८५ पटक पुस अप्स् गरे । सम्वन्धित क्षेत्रका विज्ञ, प्रशिक्षक, रेफ्री, निर्णायक, मिडिया अनि सर्वसाधारणको रोहबारमा गरेको पुस अप्स् भिडियो प्रमाण गिनिज वर्ल्ड रेकर्डस् मा छिट्टै पठाउने जानकारी उनले वीनेपालीलाई दिए । ‘मलाई आशा छ मैले विश्व कीर्तिमान राख्नेछु’, गुरुङले भने, ‘कतिपय ठाउंमा मेरो कमी कमजोरी नभएको होइन तर, यसले मलाई भविष्यमा थप सुधार गर्न मद्दत गर्नेछ ।’
यसअघि अमेरिकी नागरिक रोन कुपरले गत वर्ष २७ जुन २०१५ मा एक मिनेटमा ७९ पटक पुस अप्स् गरेर कीर्तिमान कायम गरेका थिए ।
एनजेले अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम राख्न र युवा पुस्तालाई खेलप्रति प्रेरित गराउन यस्तो प्रयासमा लागेको बताए । ५७ वर्षीय गुरुङ नोआ आर्क स्पोर्टस् साइन्स तेक्वान्दो एकेडेमी र बिल्डिङ द गड्स किङडम मिनिष्ट्रीका संस्थापक हुन् ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते