लन्डन । पूर्वाञ्चल सिङ्गीङ स्टार २०७१ की बिजेता प्रकृति थलङ बेलायत आउने भएकी छन् । ब्रिटिश गोर्खा नेपाली परिषदको निमन्त्रणामा उनी यूके आउने भएकी हुन् । प्रकृतिको साथमा चर्चित लोकदोहोरी गायिका तथा बेली डान्सर प्रिती आले र नेपाल तारा रनर अप देबेस राई आउने परिषदले जानकारी दिएको छ ।
ति कलाकारले गोर्खा सांस्कृतिक सांझमा भाग लिनेछन् । २२ जुलाइमा टिडवर्थमा पहिलो कार्यक्रम भएपछि उस्तै प्रकृतिको कार्यक्रम यूकेका बिभिन्न ७ शहरमा हुने जनाइएको छ ।
आशलाग्दी गायिका प्रकृतिको पहिलो विदेश भ्रमण हो यूके । अहिले प्रकृति एल्बम निकाल्ने गृहकार्य गरिरहेकी प्रकृति पूर्वाञ्चल स्टार मात्र हैन नेपालकै स्टार बन्ने सम्भावना बोकेकी कलाकार मानिन्छ ।
सन् २०१६ मै गोर्खा सांस्कृतिक सांझको विन्टर संस्करण भव्य सफल भएपछि परिषदले समर सिजनको कार्यक्रम गर्न लागेको हो ।
साहित्य, संगीत, कलाकारिता, पत्रकारिता र खेल्कुद क्षेत्रमा काम गर्ने उद्देश्यले ब्रिटिश आर्मीमा गोर्खा भर्ती शुरु भएको २०० वर्ष पुगेको अवसरमा स्थापित ब्रिटिश गोर्खा नेपाली परिषदको यो दोश्रो कार्यक्रम हुनेछ । परिषदले यसै बर्षको अन्तमा ब्रिटिश गोर्खा अवार्ड प्रदान गर्दैछ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते