लन्डन । गुल्मीको वडागाउं गाविसमा लागेको आगलागीबाट पीडितहरुका लागि गुल्मी जिल्ला समाज यूकेले १२ लाख १० हजार रुपैयां सहयोग गरेको छ । झण्डै तीन साताअघिको आगलागीबाट ९० भन्दा बढि घर जलेर नष्ट हुनुका साथै करोडौंको क्षति पुगेपछि समाजले जिल्लावासीको सहयोगका लागि बेलायतमा संकलन गरेको रकम आइतबार एक कार्यक्रमबीच पीडितकै गाउं पुगेर हस्तान्तरण गरिएको हो ।
गुल्मीका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कंडेलको रोहबरमा गुल्मी जिल्ला समाज यूकेका प्रतिनिधिहरु कृष्ण ढकाल र दुर्गा रानाले स्थानीय सहयोग समितिलाई सहयोग चेक हस्तान्तरण गरेका थिए ।
त्यस अवसरमा जिल्ला प्रहरी प्रमुख भोला रावल, गुरु गोरख गुल्मका गुलमपति महेन्द्रकुमार पुन, आशा अपांग केन्द्रका अध्यक्ष जनार्दन घिमिरेसहित स्थानीय पत्रकार तथा विभिन्न संघसंसस्थाका प्रतिनिधिको पनि उपस्थिति थियो ।
सहयोग रकममध्ये २ लाख १० हजार रुपिया अपांगता भएका स्थानीय आगलागी पीडितका लागि प्रदान गरिएको छ । आगलागी पीडितका लागि देश तथा विदेशबाट विभिन्न सहयोगहरु आइरहेका भएपनि गुल्मी जिल्ला समाज यूकेले गरेको सहयोग संस्थागत रुपमा गरिएको सबैभन्दा ठूलो राशीको सहयोग हो ।
यही मे १ तारिखमा निर्वाचित समाजको नयां कार्यसमितिले आफनो पहिलो कार्यक्रमका रुपमा आगलागी पीडितका लागि सहयोग संकलन गरेको थियो ।
समाजका उपाध्यक्ष राजन खरेल र सदस्य मुना सापकोटाले सहयोग संकलनको संयोजन गरेका थिए भने संकलित कोष व्यवस्थापनका लागि उपाध्यक्ष टोप पल्ली र कोषाध्यक्ष तारानाथ भण्डारीले विशेष भूमिका निर्वाह गरेका थिए ।
आगलागी पीडितको सहयोगका लागि समाजले अपिल गरेपछि समाजका सल्लाहकार, कार्यसमिति सदस्य, आजीवन तथा साधारण सदस्यसहित बेलायतबासी गुल्मेली तथा गैर गुल्मेली नेपालीहरुले आर्थिक सहयोग गरेका थिए । त्यसक्रममा क्षेत्री समाज बेलायतले ६ सय १२ पाउण्ड, केन्ट आसफोर्डको आमा समूहले ३ सय पाउण्ड र प्रथम नौमति बाजा गुल्मी यूके समूहले २ सय २५ पाउण्डको संस्थागत सहयोग प्रदान गरेको समाजका महासचिव शिव भण्डारीले जानकारी दिए । त्यस्तै सहयोग कोषका लागि समाजका सक्रिय सदस्य झपट भुजेलले ९ सय ५१ पाउण्ड, कार्यसमिति सदस्य मुना सापकोटाले ६ सय २६ पाउण्ड, निवर्तमान उपाध्यक्ष विनोद ज्ञवाली तथा याक एण्ड यति रेष्टुरेन्ट समूहले ५ सय १ पाउण्ड तथा आसफोर्ड केन्टका भिम राकसले २ सय ४२ पाउण्ड रकम संकलन गरेका थिए ।
समाजका अध्यक्ष राम गलामीले आगलागी पीडितको लागि सहयोग प्रदान गर्ने सम्पूर्ण संघसंस्था तथा व्यक्तिहरुप्रति हार्दिक आभारसहित धन्यवाद प्रकट गरेका छन् ।
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान