लोकमा छाएका एनआरएनए अभियन्ता त्रिलोक

24149_379452228864_5678101_nलन्डन । २/८१ को ३५ औं कोरल वार्षिकोत्सवमा सहभागी हुन बेलायत आउंदा खुबै व्यस्त भए एनआरएनए अभियन्ता त्रिलोक 
गुरुङ । ७ मेमा रोयल मिलिट्री एकेडेमी स्यान्डहस्टमा आफ्ना नम्बरी नम्बर्नीहरुमाझ वार्षिकोत्सवमा सहभागी भएपछि उनी फार्नबरोस्थित गोर्खा प्यालेस रेष्टुरेन्टमा आयोजित गैर आवासीय नेपाली संघ बेलायत र तमुधिं यूकेको सम्मानमा उपस्थित भए । सप्ताहन्त ग्रीनवीच कपमा समेत अतिथी भए उनी । ‘साथीहरुको माया र सद्भावले यूके मेरो दोश्रो घर झैं लाग्छ’, हङकङ उड्नुअघि उनले सुनाए, ‘एनआरएनए अभियन्ता र ब्रिटिश गोर्खा साथीहरुसंग भेटेर साक्षात्कार गर्न पाउंदा म ज्यादै हर्षित हुन्छु ।’
हङकङमा गोर्खाज् एकता इन्टरनेशनल कम्पनीको नाममा निर्माण र सेक्युरिटी व्यवसायमा सफलता चुमिरहेका उनको परिचय धेरै छ । भूपू गोर्खा, गैर आवासीय नेपाली संघ (एनआरएनए आइसीसी) का केन्द्रिय सल्लाहकार र सफल व्यवसायी हुन् त्रिलोक । हङकङ एनआरएनएको दुई कार्यकाल अध्यक्ष भएपछि उनी एसिया प्यासिफिकको संयोजक पनि भए एक कार्यकाल ।

व्यवसायबाट उनले जति रोजगारी प्रदान गरेका छन्, एनआरएनए अभियन्ताको हैसियतमा उनको समाजसेवा पनि कम प्रशंसनीय छैन् । भूकम्पपछि हङकङबाट झण्डै एक करोड रुपैयां संकलन गरेर पीडितलाई पठाउन उल्लेख्य भूमिका निर्वाह गरेका उनको अबको ‘मिसन’ नेपालको पुनर्निर्माण छ । लाप्राक, गोरखामा नमुना बस्ती बनाउने एनआरएनएको अभियानमा उनको प्रत्यक्ष र उल्लेख्य भूमिका छ ।

‘अब हामी गैर आवासीय नेपाली पुनर्निर्माणमा सक्रिय हुन जरुरी छ’, उनले भने, ‘देश समृद्ध भएपछि मात्र विदेशमा हाम्रो चिनारी राम्रो हुने भएकाले मातृभूमिको विकासका लागि केही गर्नुपर्छ भन्ने मेरो मान्यता छ ।’

झण्डै दुई दशकदेखि हङकङमा बस्दै आएका त्रिलोक हङकङमा नेपाली जनसंख्यावृद्धिसंगै त्यहां इन्टिग्रेसन (समायोजन) को प्रमुख समस्या भएको बताउंछन् । उनका शब्दमा एक जमानाको ब्रिटिश कोलोनी अनि चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा झण्डै ४० हजार नेपाली छन् र उनीहरुलाई भाषाको मुख्य समस्या छ । 
‘अनिवार्य चिनिया भाषाकै कारण हङकङमा नेपाली सरकारी उच्च तहमा काम गर्ने अवसरबाट वञ्चित छन्’, उनले भने, ‘मेरो पाला देखि नै हामीले एनआरएनएमार्फत स्थानीय अधिकारीहरुसंग पटक पटक छलफल जारी 
राखेका हौं तर अझै कार्यान्वयन भएको छैन् ।’ हङकङमा चिनिया पहिलो र अंग्रेजी भाषा प्रयोग हुन्छ । चिनिया भाषा अनिवार्य भएकाले सरकारी जिम्मेवारी नेपालीको रोजाइमा परेका छैन् ।

तर, त्यहां रोजगारीका धेरै अवसर छन् र नेपालीले जागिर र व्यवसायमा राम्रो सफलता प्राप्त गर्दै गएका छन् । 
कन्सट्रक्सन, सेक्युरिटी क्षेत्रमा नेपाली व्यवसाय राम्ररी फस्टाएको उनको बुझाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री