लन्डन । भुवन केसी निर्देशित पहिलो फिल्म ‘ड्रिम्स’ ह्यारो सफारी सिनेमा हलमा प्रदर्शन गरिएको छ ।
आइतबार भुवन र उनका सुपुत्र हिरो अनमोल केसीको सहभागितामा फिल्म प्रदर्शन गरिएको हो । उक्त अवसरमा निर्माता डा. कपिल रिजाल, आयोजक सपन इन्टरटेनमेन्ट लिमिटेडका प्रोप्राइटर सपनकुमार राई, श्रीमति मन्जु गुरुङ राई, व्यवसायी बी पी खनाल, वरिष्ठ सञ्चारकर्मी खगेन्द्र नेपाली लगायत सयौंको उपस्थिति थियो ।
फिल्म हेर्न पुगेका दर्शक कलाकारद्वय भुवन र अनमोलसंग तस्विर खिचाउन खुबै लालयित देखिन्थे । मध्यान्तरपछि केही समय प्राविधिक गडबडी भएर साउण्ड नसुनिएपछि केही दर्शक भने निराश भएर फर्किएका थिए ।
अष्ट्रेलियामा फिल्म प्रदर्शन गरेर यूके आएका भुवनका बाबु छोरा अहिले बेलायतमा व्यस्त छन् । अघिल्लो आइतबार अल्डरसटस्थित एम्पाएर ब्याङक्यूटिङ हलमा रेड कार्पेट शो पछि उक्त चलचित्र उलवीच, ह्यारो र ग्रान्थाममा प्रदर्शन भइसकेको छ भने आगामी २० मेमा मेडिस्टोन र २२ मेमा स्कटल्याण्डको एबरडिनमा समेत प्रदर्शन हुने कार्यक्रम छ ।
बेलायत अघि हङकङ, कोरिया, अष्ट्रेलिया र जापानमा समेत राम्रो चर्चा बटुलेको ड्रिम्स् आगामी जुनमा अमेरिकामा प्रदर्शन हुंदैछ ।
तस्विरहरुः रुद्र ढकाल
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते