लन्डन । भुवन केसी निर्देशित पहिलो फिल्म ‘ड्रिम्स’ ह्यारो सफारी सिनेमा हलमा प्रदर्शन गरिएको छ ।
आइतबार भुवन र उनका सुपुत्र हिरो अनमोल केसीको सहभागितामा फिल्म प्रदर्शन गरिएको हो । उक्त अवसरमा निर्माता डा. कपिल रिजाल, आयोजक सपन इन्टरटेनमेन्ट लिमिटेडका प्रोप्राइटर सपनकुमार राई, श्रीमति मन्जु गुरुङ राई, व्यवसायी बी पी खनाल, वरिष्ठ सञ्चारकर्मी खगेन्द्र नेपाली लगायत सयौंको उपस्थिति थियो ।
फिल्म हेर्न पुगेका दर्शक कलाकारद्वय भुवन र अनमोलसंग तस्विर खिचाउन खुबै लालयित देखिन्थे । मध्यान्तरपछि केही समय प्राविधिक गडबडी भएर साउण्ड नसुनिएपछि केही दर्शक भने निराश भएर फर्किएका थिए ।
अष्ट्रेलियामा फिल्म प्रदर्शन गरेर यूके आएका भुवनका बाबु छोरा अहिले बेलायतमा व्यस्त छन् । अघिल्लो आइतबार अल्डरसटस्थित एम्पाएर ब्याङक्यूटिङ हलमा रेड कार्पेट शो पछि उक्त चलचित्र उलवीच, ह्यारो र ग्रान्थाममा प्रदर्शन भइसकेको छ भने आगामी २० मेमा मेडिस्टोन र २२ मेमा स्कटल्याण्डको एबरडिनमा समेत प्रदर्शन हुने कार्यक्रम छ ।
बेलायत अघि हङकङ, कोरिया, अष्ट्रेलिया र जापानमा समेत राम्रो चर्चा बटुलेको ड्रिम्स् आगामी जुनमा अमेरिकामा प्रदर्शन हुंदैछ ।
तस्विरहरुः रुद्र ढकाल
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान