लण्डन । ताप्लेजुङ जिल्लाको हाङपाङ गाविसबासीहरुको युकेस्थित समाज हाङपाङ समाजको बार्षिक भेटघाट सम्पन्न भएको छ ।
मिचेटस्थित तमुधिँ भवनमा भएको भेटघाटको अध्यक्षता समाजका अध्यक्ष विश्वराज फेयङ साँवाले गरेका थिए भने संचालन समाजका महासचिव टेक खपाङ्गीमगरले गरेका थिए ।
समाजका उपाध्यक्ष कवितबहादुर याक्सोले स्वागत मन्तब्य दिएका थिए । कार्यक्रममा समाजको कार्यसमितिमा चयन भएका उपाध्यक्ष कवितबहादुर याक्सो र सदस्यहरु बबिता याक्सो र लक्ष्मीराज थापालाई पदग्रहण गराइएको थियो ।
यसैगरी समाजका ज्येष्ठ सदस्य श्रीमती शान्तिमाया लिम्बु, नेपाल पत्रकार महासंघ युकेको अध्यक्षमा निर्वाचित समाजका सदस्य नरेश खपाङ्गीमगरलाई सम्मान गरिएको थियो भने समाजका नयाँ सदस्यहरु धर्मराज थापामगर र केशर फेयङ, जिसिएससीमा उच्च अंक ल्याउने सबनम याक्सो र भर्खरै युके आएकी विष्णु आङबुहाङलाई स्वागत गरिएको थियो ।
कार्यक्रममा अध्यक्ष फेयङ, वरिष्ठ उपाध्यक्ष यमबहादुर अाङबुहाङ र पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गीमगर लगायतले सम्बाेधन गरेका थिए ।
कार्यक्रममा राफल ड्र, म्युजिकल चेयर लगायतको मनोरंजनात्मक कार्यक्रम राखिएको थियो ।
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युनलाई थप ३० वर्ष जेल सजाय
विश्वकप फुटबल २०२६ को उद्घाटन : मेक्सिकोको जित
बेलायतका रक्षामन्त्री जोन हेलीद्वारा राजीनामा
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
तमु धिं नेपालको १७ औं महाधिवेशन असोज ९ र १० गते
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता