लण्डन । ताप्लेजुङ जिल्लाको हाङपाङ गाविसबासीहरुको युकेस्थित समाज हाङपाङ समाजको बार्षिक भेटघाट सम्पन्न भएको छ ।
मिचेटस्थित तमुधिँ भवनमा भएको भेटघाटको अध्यक्षता समाजका अध्यक्ष विश्वराज फेयङ साँवाले गरेका थिए भने संचालन समाजका महासचिव टेक खपाङ्गीमगरले गरेका थिए ।
समाजका उपाध्यक्ष कवितबहादुर याक्सोले स्वागत मन्तब्य दिएका थिए । कार्यक्रममा समाजको कार्यसमितिमा चयन भएका उपाध्यक्ष कवितबहादुर याक्सो र सदस्यहरु बबिता याक्सो र लक्ष्मीराज थापालाई पदग्रहण गराइएको थियो ।
यसैगरी समाजका ज्येष्ठ सदस्य श्रीमती शान्तिमाया लिम्बु, नेपाल पत्रकार महासंघ युकेको अध्यक्षमा निर्वाचित समाजका सदस्य नरेश खपाङ्गीमगरलाई सम्मान गरिएको थियो भने समाजका नयाँ सदस्यहरु धर्मराज थापामगर र केशर फेयङ, जिसिएससीमा उच्च अंक ल्याउने सबनम याक्सो र भर्खरै युके आएकी विष्णु आङबुहाङलाई स्वागत गरिएको थियो ।
कार्यक्रममा अध्यक्ष फेयङ, वरिष्ठ उपाध्यक्ष यमबहादुर अाङबुहाङ र पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गीमगर लगायतले सम्बाेधन गरेका थिए ।
कार्यक्रममा राफल ड्र, म्युजिकल चेयर लगायतको मनोरंजनात्मक कार्यक्रम राखिएको थियो ।
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने