लन्डन । रोयल बरो अफ ग्रीनवीच काउन्सिलले नेपाली समुदायलाई विशेष प्राथमिकतामा राख्दै ‘नेपाल’ लाई अब विद्यालय तथा सरकारी फाराममा उल्लेख गर्ने भएको छ ।
रोयल बरो अफ ग्रीनवीच नेपलिज सोसाइटीका पदाधिकारीहरुसंग सोमबार भएको विशेष छलफलपछि काउन्सिलले सरकारी फारामको ‘इक्वालिटी एण्ड डाइभर्सिटी’ सेक्सन अन्तर्गत इथ्नीक ब्याकग्राउण्डमा ‘एसियन नेपाली’ समावेश गर्ने भएको हो । यसअघि एसियन इन्डियन, एसियन बंगलादेशी, एसियन पाकिस्तानी र एसिअन अदर्समा नेपाली भर्नु पर्दथ्यो ।
काउन्सिलको चियर अफ क्याबिनेट काउन्सिलर डेनिस हाइल्याण्डसहित काउन्सिल हेड अफ एक्जुकेटिभ, काउन्सिल लिडर, काउन्सिलरहरु र सोसाइटीका तर्फबाट अध्यक्ष कुमार श्रेष्ठ, एलएन पाण्डे, मोहन गुरुङ, देवेन्द्र श्रेष्ठ, अर्क तिमिल्सिना बैठकमा सहभागी थिए ।
ग्रीनवीच बरोमा अंग्रेजी पछि धेरै बोलिने भाषा नेपाली रहेको बताउंदै सोसाइटीले नेपाली समुदायलाई विशेष प्राथमिकतामा राख्न आग्रह गर्दै आएको थियो । सोसाइटी अध्यक्ष श्रेष्ठले अब काउन्सिलले नेपाली समुदायलाई ‘रिकग्नाइज’ गरेको बताए ।
बैठकमा सहभागी सोसाइटीका प्रमुख सल्लाहकार एलएन पाण्डेले छलफल पछि काउन्सिलले सोसाइटीलाई टाउन हलमै एक वर्षसम्म निशुल्क बैठक बस्न ठाउं उपलव्ध गराउने र बरोमा रहेका नेपालीको तथ्यांक एवं सर्वेक्षण गर्न सोसाइटीलाई काउन्सिलले सहयोग गर्ने निर्णय गरेको वीनेपालीलाई जानकारी दिए ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा