लन्डन । रोयल बरो अफ ग्रीनवीच काउन्सिलले नेपाली समुदायलाई विशेष प्राथमिकतामा राख्दै ‘नेपाल’ लाई अब विद्यालय तथा सरकारी फाराममा उल्लेख गर्ने भएको छ ।
रोयल बरो अफ ग्रीनवीच नेपलिज सोसाइटीका पदाधिकारीहरुसंग सोमबार भएको विशेष छलफलपछि काउन्सिलले सरकारी फारामको ‘इक्वालिटी एण्ड डाइभर्सिटी’ सेक्सन अन्तर्गत इथ्नीक ब्याकग्राउण्डमा ‘एसियन नेपाली’ समावेश गर्ने भएको हो । यसअघि एसियन इन्डियन, एसियन बंगलादेशी, एसियन पाकिस्तानी र एसिअन अदर्समा नेपाली भर्नु पर्दथ्यो ।
काउन्सिलको चियर अफ क्याबिनेट काउन्सिलर डेनिस हाइल्याण्डसहित काउन्सिल हेड अफ एक्जुकेटिभ, काउन्सिल लिडर, काउन्सिलरहरु र सोसाइटीका तर्फबाट अध्यक्ष कुमार श्रेष्ठ, एलएन पाण्डे, मोहन गुरुङ, देवेन्द्र श्रेष्ठ, अर्क तिमिल्सिना बैठकमा सहभागी थिए ।
ग्रीनवीच बरोमा अंग्रेजी पछि धेरै बोलिने भाषा नेपाली रहेको बताउंदै सोसाइटीले नेपाली समुदायलाई विशेष प्राथमिकतामा राख्न आग्रह गर्दै आएको थियो । सोसाइटी अध्यक्ष श्रेष्ठले अब काउन्सिलले नेपाली समुदायलाई ‘रिकग्नाइज’ गरेको बताए ।
बैठकमा सहभागी सोसाइटीका प्रमुख सल्लाहकार एलएन पाण्डेले छलफल पछि काउन्सिलले सोसाइटीलाई टाउन हलमै एक वर्षसम्म निशुल्क बैठक बस्न ठाउं उपलव्ध गराउने र बरोमा रहेका नेपालीको तथ्यांक एवं सर्वेक्षण गर्न सोसाइटीलाई काउन्सिलले सहयोग गर्ने निर्णय गरेको वीनेपालीलाई जानकारी दिए ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते