लन्डन । तमु चलचित्र ‘फ्रेसी’ को प्रिमियर शो भएको छ । अल्डरसटस्थित किङस् सेन्टर हलमा आइतबार करिब ५ सय तमु चलचित्र प्रेमीहरूको उपस्थितिमा शो भएको हो ।
शोमा प्रमुख अतिथी थिए तमु धिं यूके अध्यक्ष रामचन्द्र गुरुङ (सुर्जे) र तमु प्हे ल्हु संघ यूके अध्यक्ष सोम तोर्जे गुरुङ । सो अवसरमा प्रमुख अतिथिहरूले फ्रेसी फिल्म निर्माता मिनप्रसाद गुरुङ, श्रीमती दिलु गुरुङ र श्रीमती यशोधा गुरुङलाई खादा ओढाएर सम्मान गरेका थिए भने फ्रेसी फिल्म युनिटका तर्फ बाट प्रमुख अतिथिहरूलाई खादा र मायाको चिनो प्रदान गरिएको थियो ।
उक्त कार्यक्रमलाई पिपल मोर्गेज लिमिटेडका म्यानेजिङ डाइरेक्टर सूर्य गुरुङ ले प्रायोजन गरेका थिए । सूर्य गुरुङले सञ्चालन गरेको कार्यक्रममा निर्माता मिन प्रसाद गुरुङले स्वागत मन्तब्य दिएका थिए ।
कास्की जिल्लाको सिक्लेस गाउंमा केन्द्रित फिल्मले पर्यटन विकास र हस्तकला सिपको प्रवर्धन गर्ने उद्देश्य राखेको फिल्म निर्माण पक्षले जनाएको छ । उक्त चलचित्रमा स्थानीय कलाकारहरूको बेजोड अभिनय छ । लोटस फिल्म प्रालिको ब्यानरमा बनेको फ्रेसीमा नव नायक प्रतिक गुरुङ र धन माया गुरुङ नायिका छन् भने निर्देशन युग गुरुङले गरेका छन् ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते