लन्डन । दोश्रो विश्वयुद्धमा हजुरबुवाले देखाएको साहस र योगदानको कदर गर्दै दिने घोषणा गरिएको बेलायतको एउटा विशिष्ट पदक ‘मेम्बर अफ द अर्डर अफ द ब्रिटिश एम्पायर’ (एमबीइ) गोर्खा अफिसर नातीले ६९ वर्षपछि अहिले लिएका छन् ।
आर्मीज् गोर्खा स्टाफ एण्ड पर्सनल सपोर्ट कम्पनीका वारेन्ट अफिसर क्लास टु खडक क्षेत्रीले गोर्खा अफिसर हजुरबुवा सुवेदार मेजर कालु क्षेत्रीको मेडल ग्रहण गरेका हुन् । स्वर्गीय क्षेत्रीलाई दोश्रो विश्वयुद्धमा उनको उत्कृष्ट सेवा गरेवापत सन् १९४७ मा यो सम्मान दिने निर्णय भएको थियो । उनलाई मर्नुअघि सम्म उक्त विशिष्ट सम्मानबारे थाहै थिएन ।
गोर्खा अफिसर क्षेत्रीले बकिङहम प्यालेसमा आयोजित एक विशेष समारोहमा प्रिन्स विलियम डुक अफ क्याम्ब्रीजको बाहुलीबाट पदक ग्रहण गरेका हुन् । ४४ वर्षीया क्षेत्रीले रक्षा मन्त्रालयको मेडल अफिसमा गएर आफ्नो हजुरबुबाबारे बुझ्ने क्रममा उनलाई विशिष्ट सम्मान दिइएको चाल पाएका थिए ।
दुई सन्तान र श्रीमतिका साथ मेडल थाप्न गएका गोर्खा अफिसर क्षेत्रीले आश्चर्य व्यक्त गर्दै भने, ‘म कतै हराए जस्तो भएं । युनिटलाई यसबारे थाहा थिएन, मेरो हजुरबुवा र बाबालाई पनि केही पत्तो भएन ।’
सन् १९४२ देखि ४५ को युद्धमा करिब साढे तीन वर्ष सुवेदार क्षेत्रीलाई जापानी सेनाले चरम यातना दिएर बन्धक बनाएका थिए ।
डिफेन्स एकेडेमी श्रीभेनहाममा रहेका डब्लु ओटु क्षेत्रीले रक्षा मन्त्रालयमा भेटिएको हजुरबुवाको प्रमाण देखेर झण्डै आंसु आएको उल्लेख गर्दै भने, ‘मलाई ज्यादै दुःख लाग्यो । उहां मेरो हजुरबुवा हो, मेरो आफ्नै रगत । उहांको पीडा, कसरी बांच्नु भयो होला म कल्पना पनि गर्न सक्दिन ।’
क्षेत्रीले उक्त पदक गोर्खा संग्राहलयमा हस्तान्तरण गर्नुअघि नेपालमा परिवारलाई देखाउने बताएका छन् ।
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान