लन्डन । एनआरएनए यूकेले अघि सारेको महत्वाकांक्षी प्रोजेक्ट नेपाल हाउस अभियानमा सघाउन नेपाल पत्रकार महासंघ बेलायत र एनआरएनए यूकेबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सो सम्बन्धी सम्झौता पत्रमा आइतबार एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ र महासंघ यूकेका अध्यक्ष नरेश खपाङगीमगरले हस्ताक्षर गरेका छन् ।
समझदारी पत्रमा नेपाल घर निर्माणसम्बन्धी अभियानका बारेमा नेपाल पत्रकार महासंघ बेलायतले प्रचारप्रसार र जनमानसमा सकारात्मक माहौल बनाउन मिडिया साझेदारको काम गर्ने, नेपाल घर निर्माणका गतिविधिलाई जनमानसमा छिटोभन्दा छिटो र पारदर्शी रुपमा जानकारी गराउन नेपाल पत्रकार महासंघले भूमिका निर्वाह गर्ने छ । यस्तै, नेपाल घरमा यूकेका नेपालीहरुका बारेमा सम्पूर्ण जानकारीहरु समेटिएको एक सूचना केन्द्र स्थापना गरिने छ र सोको व्यवस्थापन र संचालनको जिम्मा नेपाल पत्रकार महासंघलाई दिइने छ ।
सो अवसरमा एनआरएनए यूकेका तर्फबाट महासंघ युकेका पदाधिकारी तथा सदस्यहरुलाई खादा ओढाइ सम्मान गरेका थिए । कार्यक्रममा बोल्दै गुरुङले नेपाल हाउस एनआरएनए यूकेको महत्वाकांक्षी परियोजना भएकाले सहयोग गर्न अनुरोध गरे ।
महासंघका अध्यक्ष खपांगीमगरले नेपाल हाउस यूकेमा बस्ने सबै नेपालीहरुको शान र इज्जतको परियोजना भएकाले महासंघले सबै किसिमले सहयोग गर्ने बताए ।
एनआरएनए यूकेका उपमहासचिव अर्जुन कटवालले संचालन गरेको कार्यक्रममा प्रवक्ता खुशी लिम्बुले स्वागत गरेका थिए भने महासंघका उपाध्यक्ष ध्रुवराज अर्याल, सचिव शिव भण्डारी र सल्लाहकार नवीन पोखरेलले आफ्ना विचार राखेका थिए । एनआरएनए यूकेका सचिव कृष्ण तिवारीले समझदारी पत्र पढेर सुनाएका थिए भने उपाध्यक्ष राष्ट्र राईले धन्यवाद ज्ञापन गरेका थिए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा