लन्डन । एनआरएनए यूकेले अघि सारेको महत्वाकांक्षी प्रोजेक्ट नेपाल हाउस अभियानमा सघाउन नेपाल पत्रकार महासंघ बेलायत र एनआरएनए यूकेबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सो सम्बन्धी सम्झौता पत्रमा आइतबार एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ र महासंघ यूकेका अध्यक्ष नरेश खपाङगीमगरले हस्ताक्षर गरेका छन् ।
समझदारी पत्रमा नेपाल घर निर्माणसम्बन्धी अभियानका बारेमा नेपाल पत्रकार महासंघ बेलायतले प्रचारप्रसार र जनमानसमा सकारात्मक माहौल बनाउन मिडिया साझेदारको काम गर्ने, नेपाल घर निर्माणका गतिविधिलाई जनमानसमा छिटोभन्दा छिटो र पारदर्शी रुपमा जानकारी गराउन नेपाल पत्रकार महासंघले भूमिका निर्वाह गर्ने छ । यस्तै, नेपाल घरमा यूकेका नेपालीहरुका बारेमा सम्पूर्ण जानकारीहरु समेटिएको एक सूचना केन्द्र स्थापना गरिने छ र सोको व्यवस्थापन र संचालनको जिम्मा नेपाल पत्रकार महासंघलाई दिइने छ ।
सो अवसरमा एनआरएनए यूकेका तर्फबाट महासंघ युकेका पदाधिकारी तथा सदस्यहरुलाई खादा ओढाइ सम्मान गरेका थिए । कार्यक्रममा बोल्दै गुरुङले नेपाल हाउस एनआरएनए यूकेको महत्वाकांक्षी परियोजना भएकाले सहयोग गर्न अनुरोध गरे ।
महासंघका अध्यक्ष खपांगीमगरले नेपाल हाउस यूकेमा बस्ने सबै नेपालीहरुको शान र इज्जतको परियोजना भएकाले महासंघले सबै किसिमले सहयोग गर्ने बताए ।
एनआरएनए यूकेका उपमहासचिव अर्जुन कटवालले संचालन गरेको कार्यक्रममा प्रवक्ता खुशी लिम्बुले स्वागत गरेका थिए भने महासंघका उपाध्यक्ष ध्रुवराज अर्याल, सचिव शिव भण्डारी र सल्लाहकार नवीन पोखरेलले आफ्ना विचार राखेका थिए । एनआरएनए यूकेका सचिव कृष्ण तिवारीले समझदारी पत्र पढेर सुनाएका थिए भने उपाध्यक्ष राष्ट्र राईले धन्यवाद ज्ञापन गरेका थिए ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते