लन्डन । यस वर्षको ग्रीनवीच कप उपाधि मंगोलियन भान्जाले जितेको छ । उलवीचस्थित रोयल आर्टिलरी ब्यारेक फुटबल मैदानमा आयोजित ९ ए साइड फुटबल प्रतियोगितामा तोङ्वा एफसीलाई दुई एक गोल अन्तरले पराजित गर्दै मंगोलियन भान्जाले उक्त उपाधि जितेको हो । विजेता टोलीले आकर्षक ट्रफी सहित १५०० पाउण्ड नगद प्राप्त गरेको छ । गत वर्षको उपाधि पनि मंगोलियन भान्जाकै पोल्टामा गएको थियो ।
साउथ इष्ट क्षेत्रीय तमुधिं र नेपाली युथ असोसिएसनको संयुक्त आयोजनामा भएको उक्त फुटबल प्रतियोगितामा कुल २० टिमले भाग लिएका थिए भने ४ टिमबीच भलिबल प्रतियोगिता गराइएको थियो । फुटबल र भलिबल प्रतियोगिता एकै चोटी खेलाइने ग्रीनवीच कप नै एकमात्र हो ।
ग्रीनवीच कप भलिबल प्रतियोगितामा चाल्टर्नले सानदार विजय हासिल गरेको छ । भलिबलमा इग्ल्याण्ड भलिबल प्रिमियर लिग खेल्दै गरेका केहि खेलाडी सहभागी भएको बेक्स्ली हिथ भलिबल टोलीलाई फाइनलमा २५-२१, १७-२५, २५ -१८ र २५ -१९ को ३ -१ सेटले हराउंदै चाल्टर्न टिम विजयी भएको हो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी चुनिइन् बेक्स्ली हिथ भलिबल टोलीकी जुलिन । खेलपछि विजेता टोलीका कप्तान बसन्त पौडेलले बेलायतमा भएका भलिबल प्रतियोगिता मध्यको निकै उत्कृष्ट तथा निष्पक्ष खेल भएको भन्दै आयोजकलाई धन्यवाद दिए । भलिवल विजेतालाई नेपाली युथ असोसिएसनका अध्यक्ष ह्यारी गुरुङले नगद, ट्रफी र मेडल तथा भलिबल खेलका संयोजक राजन खकुरेलले फस्ट रनर अपलाई नगद र मेडल प्रदान गरे ।
फुटबल विजेता टिम र खेलाडीहरुलाई साउथ इष्ट क्षेत्रीय तमुधिं अध्यक्ष श्री चन्द्र गुरुङ, एनआरएनए यूके पूर्व अध्यक्ष महेन्द्र कंडेल, व्यवसायी यादव भण्डारी, एनजे गुरुङ, भिम (महेन्द्र) गुरुङ, ग्रीनवीच मेयर नोर्मन आडम्स्, एनआरएनए आइसीसी सल्लाहकार त्रिलोक गुरुङ, विनोद ज्ञवाली लगायतले पुरस्कार प्रदान गरेका थिए ।
खेलाडीहरुको हौसला बढाउने उद्देश्यले यस वर्षबाट क्वार्टर फाइनलिष्टहरुलाई समेत २०० पाउण्ड पुरस्कार दिने प्रचलन शुरु गरिएको संयोजक ह्यारीले जनाए । पुरस्कार वितरण कार्यक्रम सचिन श्रेष्ठले सञ्चालन गरेका थिए ।
तस्विरहरुः शिव भण्डारी
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]
सिरुबारी नाँसा बेलायतको भेटघाट कार्यक्रम सम्पन्न
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित