लन्डन । लन्डन पार्लियामेन्ट स्क्वायरमा मनाइने बुद्ध जयन्तीको सफलताका लागि लन्डनस्थित नेपाली दूतावासले शुभकामना दिएको छ । कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले यही मे २० तारिख सांझ ५.३० देखि ८.३० बजेसम्म पार्लियामेन्ट स्क्वायरमा मनाउन लागिएको बुद्ध जयन्ती तथा दीप प्रज्वलन कार्यक्रम सफलताको कामना गरेका हुन् ।
कपिलवस्तु समाज यूकेको संयोजकत्वमा नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड, एनआरएनए यूके र बेलायतका अन्य दर्जनौं नेपाली संघसंस्थाको सहयोग र सहकार्यमा बुद्ध जयन्ती मनाउन लागिएको हो ।
शुभकामना सन्देशमा क्षेत्रीले कार्यक्रमबाट गौतम बुद्धले दिएको शान्तिको सन्देश संसारभर फैलाउन तथा नेपालको पर्यटन प्रवद्र्धन साथै बुद्धको जन्मस्थान नेपालको लुम्बिनी भएको सन्देश विश्वसामु पुर्याउन समेत सहयोगी हुने विश्वास व्यक्त गरेका छन् ।
‘सत्य, बैराग्यता, प्रेम, भातृत्व र शान्तिको माध्यमले नै मनुष्य जीवनको सार्थकता प्रतिबिम्बित गर्छ भन्ने भगवान गौतम बुद्धको सन्देश आजको विश्व परिवेशमा अझ बढि सान्दर्भिक रहेको तथ्यमा दुईमत छैन्’, क्षेत्रीको सन्देशमा छ, ‘आगामी दिनमा समेत विश्व शान्तिको सन्देश बुलन्द गरि समस्त नेपालको पर्यटन प्रवद्र्धन तथा नेपाली भाषा, संस्कृतिको प्रभावकारी रुपमा संरक्षण तथा संवद्र्धन गर्नुका साथै बुद्धको जन्मभूमि नेपालको परिचय बेलायत तथा यहां रहेका विश्व समुदायमा पुग्न सफल हुन्छ भन्ने कुरामा यस दूतावास विश्वस्त छ ।’
कपिलवस्तु समाज यूके अध्यक्ष दीपक श्रेष्ठका अनुसार, कार्यक्रमको तयारी तीव्र रुपमा भइरहेको छ । कार्यक्रममा झण्डै ५ दर्जन नेपाली संघसंस्थाले ऐक्यवद्धता जनाएका छन् । शान्तिका अग्रदूत गौतम बुद्धको जन्मबारे भ्रम उत्पन्न भइरहंदा उनी नेपालमा जन्मेका हुन् भन्ने सन्देश विश्व सामु फैलाउन कार्यक्रम गरिएको आयोजकले जनाएका छन् ।
कार्यक्रमका अवसरमा गत वर्ष भूकम्पमा परि आफ्नो अमूल्य जीवन गुमाउने सम्पूर्ण दिवंगतको सम्झना तथा विश्व शान्तिका लागि दीप प्रज्वलन कार्यक्रम राखिएको छ । उक्त कार्यक्रममा ब्रिटेनको सर्वदलीय संसदीय समितिका नेपाल अध्यक्ष सांसद बीरेन्द्र शर्मा, सांसद सिमा मल्होत्रा, इलिङ एण्ड हिलिङडन एसेम्बली मेम्बर डा. ओन्कार सहोतासहित यहांका नेपाली संघसंस्थाका प्रतिनिधि सहभागी हुने जनाइएको छ ।
कार्यक्रम सफल बनाउन आयोजक कपिलवस्तु समाज यूके अध्यक्ष दीपक श्रेष्ठ, संयोजक गणेश खड्का, मिडिया कोअर्डिनेटर एभरेष्ट गौतम, व्यवस्थापन संयोजक गणेश दाहाल अहोरात्र खटिइरहेका छन् । उनीहरुले त्यस सांझ बेलायतवासी समस्त नेपालीलाई सहभागिता जनाइदिन आग्रह गरेका छन् ।
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी