लन्डन । आयरल्याण्डले भूकम्पपछि नेपाल भ्रमणमा आफ्ना नागरिकलाई सावधानी अपनाउन यसअघि जारी गरेको सूचना हटाएको छ । आयरल्याण्डका लागि समेत कार्यवहाक राजदूत रहेका तेजबहादुर क्षेत्रीले केही साताअघि आइरिस अधिकारीहरुसंग भेटेर भ्रमणमा सावधानी अपनाउन जारी सूचना हटाइदिन आग्रह गरेका थिए । यस्तो सावधानी गरिएको सूचना हुंदा आइरिस नागरिक विगत जस्तो नेपाल भ्रमणमा उत्साहित थिएनन् ।
क्षेत्रीले विनाशकारी भूकम्पको वर्ष दिनको सम्झनामा आयरल्याण्डमा नेपाल सम्मेलन हुनु अघि यहांको विदेश मन्त्रालयका एसिया प्यासिफिक उप निर्देशक ब्रायन ओ ब्राइन र डेस्क अफिसर मारिया सिहीसंगको भेटमा भ्रमण प्रतिवन्ध खुकुलो पार्न, आयरल्याण्डको ओभरसिज डेभलपमेन्ट असिस्टेन्स (ओडिपी) को प्राथमिकता मुलुकमा राख्न, सर्वदलीय संसदीय समिति र परामर्श संयन्त्र गठन गर्न आग्रह गरेका थिए ।
लन्डनस्थित नेपाली दूतावासले विदेश मन्त्रालयका एसिया प्यासिफिक उप निर्देशक ब्रायन ओ ब्राइनलाई उधृत गर्दै शुक्रबार आइरिस सरकारबाट नेपाल भ्रमणमा लगाइएको सबै प्रतिवन्ध हटाइएको जनाएको छ । यसपछि आइरिस पर्यटक नेपाल घुम्ने क्रम वृद्धि हुने दूतावासको विश्वास छ ।
यसअघि लन्डनस्थित नेपाली दूतावास, नेपाल आयरल्याण्ड सोसाइटी, एक्सन एड र इन्जिनियर्स वीदाउट बोर्डर्स आयरल्याण्डको संयुक्त आयोजनामा ३० अप्रिल शनिबार डब्लिनमा नेपाल सम्मेलन भएको थियो । भूकम्पपछि पुनर्निर्माण, संयुक्त योजना सञ्चालन र सञ्जाल विस्तारमा केन्द्रित गरिएको उक्त सम्मेलनले नेपालको पर्यटन प्रवर्धनमा समेत सघाउने अपेक्षा गरिएको छ ।
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै