लन्डन । क्षेत्री समाज बेलायतले गुल्मी बडागाउं गा.बि.स १ र २ दजाकोटमा भएको भिषण आगलागीमा परि बिचल्ली भएका परिवारजनलाई आर्थिक सहयोग गरेको छ । क्षेत्री समाज बेलायतको पहल तथा सो समाजका आपतकालीन राहत कोषका संयोजक प्रतिमा के.सी.को संयोजनमा छोटो समयमा समाजका सदस्यहरुबाट संकलित रकम ६१२ पाउण्ड गुल्मी जिल्ला समाज यूके मार्फत हस्तान्तरण गरिएको हो ।
संयोजक केसीले एक समारोहबीच गुल्मी जिल्ला समाजका अध्यक्ष राम गलामीलाई रकम हस्तान्तरण गरिन् । रकम हस्तान्तरण कार्यक्रममा क्षेत्री समाजका सचिव कुमार के.सी., कार्यसमितिका सदस्य इन्द्र क्षेत्री, क्षेत्री समाज रेडिंगका सल्लाहकार अर्जुन बस्नेत तथा गुल्मी जिल्ला समाज यूकेका कार्यसमिति सदस्य राम सापकोटाको उपस्थिति थियो ।
संयोजक के.सी. ले सो अवसरमा क्षेत्री समाज बेलायतका अध्यक्ष क्या. रि. धन बहादुर कुंवर तथा महासचिव रञ्जन कुमार क्षेत्रीको सहानुभूति सन्देश समेत स्मरण गराएकी थिइन् ।
कार्यक्रममा अध्यक्ष्य राम गलामीले क्षेत्री समाजले गुल्मी जिल्ला समाजको पहलमा सहयोग सकलन भइरहेको अभियानमा सहानुभूति तथा सहयोग गरेकामा समाजलाई विशेष धन्यबाद दिए ।
शनिबार स्थानीय वेदपानी सामुदायिक वनबाट सुरु भएको आगो तिलार सामुदायिक वन हुंदै अनियन्त्रित भएर गाउंमा सल्किंदा एक जनाले ज्यान गुमाए भने ९२ वटा घरहरु जलेर नस्ट भएका छन् । आगलागीले करोडौंको अन्नपात, धनमाल तथा चौपायाहरू जलेर खरानी भएका छन् ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते