लन्डन । बेलायतमा ट्याक्सी व्यवसाय चलाइरहेका एकजना नेपाली मेयर बन्न सफल भएका छन् । स्वान्ली टाउन काउन्सिल, केन्टका लागि बुधबार मेयर निर्वाचित शंकर गैरे बेलायतकै इतिहासमा मेयर बन्ने नेपाली मुलका पहिलो बेलायती हुन् ।
गत वर्ष सन् २०१५ मा सत्तारुढ कन्जरभेटिभ पार्टीबाट क्राइष्ट चर्च वार्डको काउन्सिलर बनेका गैरे त्यसै साल उपमेयर र यो वर्ष मेयर बन्न सफल भए । ‘यो जित म, मेरो जन्मभूमि र समस्त नेपालीको जित हो’, बुधबार सांझ काउन्सिल च्याम्बर, सिभिक सेन्टरमा मेयर निर्वाचित भएपछि उनले भने, ‘म गुल्मी रुपाकोट गाउंबाट आएको सामान्य मान्छे यहां शतप्रतिशत अंग्रेज बसोवास गर्ने क्षेत्रबाट मेयर बन्न पाउंदा ज्यादै प्रफुल्ल छु ।’ स्वान्लीको इतिहासमै कम उमेरमा मेयर बनेका काउन्सिलर जोन बार्नेस्ले गैरेलाई आफ्नो जिम्मेवारी हस्तान्तरण गरेका थिए ।
गैरेले करिब १७ हजार जनसंख्या रहेको स्वान्ली टाउन काउन्सिललाई प्रतिनिधित्व गर्दै यहांको विकासमा एक वर्ष कार्यकाल खर्चने बताए । ‘अंग्रेजहरुको मात्र बाहुल्य रहेको ठाउंमा मेयरको जिम्मेवारी कम चुनौतीपूर्ण छैन्’, उनले सुनाए, ‘तर, म मेरो दायित्वबाट कत्ति विचलित नभइ स्थानीय जनताको विश्वास जितिरहने छु ।’
सन् १९९४ मा बेलायत प्रवेश गरेका गैरे स्वान्ली क्षेत्रमा चाहिं विगत १३ वर्ष देखि बस्न थालेका हुन् । उनी श्रीमति मेयरेस काउन्सिलर लक्ष्मी गैरे र दुई छोराका साथ पिंक्स् हिल स्वान्ली बस्छन् ।
गैरे बेलायत उत्रिए लगत्तै नेपाली समुदायसंग निकट रहेर सामाजिक काममा सक्रिय भएर लागेका थिए । उनी नेपाली साहित्य विकास परिषद यूके, यती नेपाली एसोसिएसन यूके, कोसेली नेपाली सांस्कृतिक परिवार, ब्रिटेन नेपाल सिभिक फोरम आदि संस्थामा आवद्ध थिए ।
बेलायतको केन्द्रिय राजनीतिमा नेपालीको प्रवेश हालसम्म हुन नसकेपनि स्थानीय राजनीतिमा उनीहरुको संलग्नता पछिल्ला वर्ष बढ्दै गएको छ । सन् २००७ मा भूपू गोर्खा धन गुरुङ पहिलो काउन्सिलर भएपछि काउन्सिलर र उपमेयर हुने नेपाली झण्डै दर्जन पुगेका छन् ।
तस्विरहरुः कुशल श्रेष्ठ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी