काठमाडौं । वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । पहिलो राष्ट्रिय पत्रकारिता दिवस तथा गोरखापत्रको १ सय १६ औं वार्षिक उत्सवका अवसरमा उनलाई ५५ हजार ५ सय ५५ रुपैयां राशीको पुरस्कार दिइएको हो ।
राष्ट्रपति विद्या भण्डारीले अधिकारीलाई प्रमाणपत्र र पुरस्कार प्रदान गरेकी थिइन् ।
२०७२ फागुन १७ गते बसेको मन्त्रिपरिषद बैठकले गोरखापत्रको प्रकाशन सुरु भएको दिन पारेर बैशाख २४ गते राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरेको थियो । गोरखापत्र वि.सं. १९५८ साल वैशाख २४ गते साप्ताहिक रुपमा प्रकाशन सुरु भएको थियो।
गोरखापत्रले वार्षिक उत्सवका अवसरमा नेपाली भाषा, साहित्य र पत्रकारितामा उल्लेखनीय योगदान दिने साहित्यकार कमलमणि दीक्षित र सञ्चारविज्ञ लालदेउसा राईलाई पनि सम्मान गरेको छ ।
दीक्षित सात दशकदेखि नेपाली भाषा, साहित्य र पत्रकारिता क्षेत्रमा योगदान दिएका र राईले ५ दशकदेखि नेपाली पत्रकारिता शिक्षाको विकासमा योगदान दिएको गोरखापत्रले जनाएको छ । उनीहरुलाई राष्ट्रपति विद्या भण्डारीले सम्मानपत्र प्रदान गरिन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा