
लन्डन । हाल नेपाल भ्रमणमा रहेका बेलायतका नेपाली व्यवसायीले उपराष्ट्रपति नन्दबहादुर पुनसंग भेटघाट गरेका छन् । साउथ इष्ट लन्डनका व्यवसायीको समूह नेपाल कोअपरेटिभ इन्भेस्टमेन्ट (एनसीआइ) प्रतिनिधिले ९ मे सोमबार उपराष्ट्रपतिको कार्यालय कान्तिपथमा भेट गरेका हुन् ।
भेटमा सौर्य उर्जा, पर्यटन प्रवर्धन तथा कृषि क्षेत्रमा लगानी सम्वन्धमा छलफल भएको एनसीआइ अध्यक्ष मोहन गुरुङले जनाए । अध्यक्ष गुरुङले एनसीआइको उद्देश्य र उत्साहप्रति उपराष्ट्रपतिले प्रसन्न हुंदै राखेका जिज्ञासा समेत मेटाएका थिए । उक्त समूहले उपराष्ट्रपतिलाई बेलायत र नेपालमा आफ्नो लगानीबारे अवगत गराएको भेटमा सहभागी एनआरएनए यूके विजनेश विभाग कोअर्डिनेटर ललित न्यौपानेले जानकारी दिए ।
भेटमा नेपालका व्यवसायी तिलबहादुर आले पनि सहभागी थिए ।
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
चलचित्र ‘डिजिटाइजेसन’का लागि बोर्डद्वारा आवेदन आह्वान
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची