
लन्डन । भूपू गोर्खा मेजर (रि) चित्र राना काउन्सिलरमा निर्वाचित भएका छन् । गत ५ मेमा सम्पन्न स्थानीय निर्वाचनमा उनी सत्तारुढ कन्जरभेटिभ पार्टीका तर्फबाट वकिङ बरोको गोल्डस्वर्थ पार्क काउन्सिलरमा विजयी भएका हुन् ।
स्थानीय सरकारकै निर्देशनमा आफ्नो क्षेत्रको सुरक्षा, स्वास्थ्य, शिक्षा र विकास पहिलो प्राथमिकतामा राख्ने उनले जनाए । उनको वडामा ७ हजार ३६ मतदाता रजिष्टर्ड छन् । ७५ हजार जनसंख्या रहेको वकिङ बरोबाट कुल १०२ जना उम्मेदवारमध्ये ३० जना काउन्सिलर छानिएका छन् ।
सिमांकनले ६ वटा काउन्सिलर घटाउंदा गत वर्षमात्र जितेका रानाले यो वर्ष पनि प्रतिष्पर्धा गर्नुपरेको हो । गोर्खा रेजिमेन्टमा ३१ र ब्रिटिश रेजिमेन्टमा १३ वर्ष नोकरी गरेका राना अवकास पछि राजनीतिमा आएका हुन् । स्याङ्जामा जन्मिएका रानाको स्थायी बसोवास पोखरामा छ ।
केन्द्रिय राजनीतिमा हालसम्म प्रवेश नभएपनि स्थानीय राजनीतिमा नेपालीको संलग्नता पछिल्ला वर्ष बढ्दै गएको छ ।
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान