‘ड्रिम्स’ को रेड कार्पेट प्रिमियर खचाखच

13100939_1614297232224324_1400113366871545040_n
लन्डन । सदाबहार नायक तथा निर्माता भुवन केसीद्वारा निर्देशित पहिलो चलचित्र ‘ड्रिम्स’ को रेड कार्पेट प्रिमियर शो हेर्न दर्शक खचाखच भरिए । आइतबार अल्डरसटस्थित एम्पाएर ब्याङक्यूटिङ हलमा शो हुनु पूर्व भुवन र उनका सुपुत्र एवं ‘ड्रिम्स’ हिरो अनमोल केसी लिमोजिनबाट ओर्लंदा दर्शकहरुले बाबु छोरालाई घेरिहाले । हल प्रवेश गर्ने बित्तिकै रिसेप्सनमा गएका लोकप्रिय दुई कलाकारसंग तस्विर खिचाउनेको कमी भएन । लिमोजिनबाट कलाकारद्वय, निर्माता डा. कपिल रिजाल र उनको परिवार, आयोजक सपन इन्टरटेनमेन्ट लिमिटेडका निर्देशक सपनकुमार राई लगायत हल प्रवेश गर्दा दर्शकहरुले उनीहरुको न्यानो स्वागत गरे ।

युवा पुस्ता अनमोलसंग क्रेजी देखिन्थे भने एक दशकपछि तेश्रो पटक बेलायत आएका भुवनको क्रेज अहिले पनि उस्तै रहेको पाका दर्शकको प्रतिक्रिया थियो ।

13214677_10154145933191197_1397021038_o
प्रिमियर शोमा नेपाली कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री, गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष मुछेत्र गुरुङ, पूर्व अध्यक्ष सूर्य गुरुङ, व्यवसायी वी पी खनाल, पिपला देवान, तमुधिं यूके उपाध्यक्ष ज्ञाम गुरुङ लगायत सयौं दर्शक सहभागी थिए । फिल्म शुरु हुनु अघि ति कलाकारसंग दर्शकले प्रत्यक्ष अन्तरक्रिया गरेका थिए । उक्त अवसरमा अनमोललाई आइ लभ यू भन्ने देखि उनको अफेयर्ससम्मका जिज्ञासा दर्शकले राखेका थिए । भुवनको जुंगा र सधैं जवान देखिने उनको शारिरिक बनावट, हाउभाउ र जीवन्त अभिनयको पनि दर्शकले तारिफ गरे । अभिनेता भुवनले दर्शकहरुको माया पाएरै ‘ड्रिम्स’ अत्यधिक सफल चलचित्र सावित भएको जनाए । उनले आफ्नो पहिलो निर्देशन भएकाले त्यहांका केही कमी कमजोरी अन्य चलचित्रमा सुधार्ने प्रण समेत गरे । अनमोल चाहिं क्रेजी दर्शको जिज्ञासा शान्त पार्दै आफ्नो रिलेसनसीप केवल करिअरसंग भएको जवाफ दिंदै थिए ।

सपन इन्टरटेनमेन्ट लिमिटेडले ‘ड्रिम्स’ को प्रिमियर गरेको हो । ‘ड्रिम्स’ हेरिसकेपछि अधिकांश दर्शकले प्रेमकथाको उक्त चलचित्र राम्रो र पट्यार लाग्दो नभएको प्रतिक्रिया दिएका थिए । ड्रिम्स थोरै समयमा सबैभन्दा धेरै कमाउने चलचित्र भएको भुवन बताउंछन् । चलचित्रले नेपालमा ५१ औं दिन पार गरेर सफलता चुमिरहेको छ । बेलायत अघि हङकङ, कोरिया, अष्ट्रेलिया र जापानमा समेत राम्रो चर्चा बटुलेको थियो ।

13116449_1614292168891497_4099434803208172715_o

सपन इन्टरटेनमेन्ट लिमिटेडका निर्देशक सपनकुमार राईले ‘ड्रिम्स’ आगामी १२ मेमा उलवीच ट्रामसेड थियटर, १५ मेमा ह्यारो सफारी सिनेमा, १६ मेमा ग्रान्थाम, २० मेमा मेडिस्टोन, २१ मेमा क्याट्रिक र २२ मेमा स्कटल्याण्डको एबरडिनमा प्रदर्शन हुने जनाए । उक्त इभेन्टको संयोजन निशा गुरुङले गरेकी थिइन् ।

अष्ट्रेलियामा फिल्म प्रदर्शन गरेर यूके आएका हुन् भुवन बाबु छोरा ।

13161857_1614292842224763_735800763802079664_o

तस्विरः शिव भण्डारी

प्रतिक्रिया

सम्बन्धित सामाग्री