लन्डन । रत्न आश्रमको सहयोगार्थ गत शनिबार सांझ लन्डनमा आयोजित च्यारिटी डिनरबाट ४ हजार ६ सय ६६ पाउण्ड संकलन भएको छ । खर्च कटाएर बचेको यस रकममा चन्दा समेत समावेश छ ।
समाजसेवी मन सुनुवारले सञ्चालन गरेको दमक ९ झापास्थित रत्न आश्रमका लागि सहयोग जुटाउन लन्डन ह्यारो बरो फुटबल क्लबमा च्यारिटी गरिएको थियो । आश्रममा हाल ४ जनाले वृद्धवृद्धाले आश्रय लिइरहेका छन् । ति वृद्धवृद्धालाई स्वास्थ्यपचार, खाना, बस्न लगायत सम्पूर्ण खर्च मन सुनुवारले नै बेहोरेकी छिन् । आश्रममा भविष्यमा अरु वृद्धवृद्धा थप्ने योजना समेत सुनुवारको छ ।
आश्रम सञ्चालिका मन सुनुवारले सम्पूर्ण चन्दा दाता र कार्यक्रम सफल बनाउन सघाउने जुनकिरी इनिसिएटिभ, मिसन टु हेल्प नेपाल, वेम्ली महिला मगर संघ, नेपलिज नर्सिङ एसोसिएसन यूके र होस्ट लारा अनि शशी थापा सुब्बाप्रति आभार व्यक्त गरेकी छिन् ।
उनले आफूलाई सहयोग गर्ने छोरी पारिका आलेप्रति विशेष कृतज्ञता व्यक्त गर्दै यस्तो सामाजिक काममा युवा पुस्ताको क्रियाशिलता समेत महत्वपूर्ण हुने भएकाले भविष्यमा उनीहरुलाई झन् सक्रिय सहभागिता जनाउन आग्रह गरिन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा