लन्डन । रत्न आश्रमको सहयोगार्थ गत शनिबार सांझ लन्डनमा आयोजित च्यारिटी डिनरबाट ४ हजार ६ सय ६६ पाउण्ड संकलन भएको छ । खर्च कटाएर बचेको यस रकममा चन्दा समेत समावेश छ ।
समाजसेवी मन सुनुवारले सञ्चालन गरेको दमक ९ झापास्थित रत्न आश्रमका लागि सहयोग जुटाउन लन्डन ह्यारो बरो फुटबल क्लबमा च्यारिटी गरिएको थियो । आश्रममा हाल ४ जनाले वृद्धवृद्धाले आश्रय लिइरहेका छन् । ति वृद्धवृद्धालाई स्वास्थ्यपचार, खाना, बस्न लगायत सम्पूर्ण खर्च मन सुनुवारले नै बेहोरेकी छिन् । आश्रममा भविष्यमा अरु वृद्धवृद्धा थप्ने योजना समेत सुनुवारको छ ।
आश्रम सञ्चालिका मन सुनुवारले सम्पूर्ण चन्दा दाता र कार्यक्रम सफल बनाउन सघाउने जुनकिरी इनिसिएटिभ, मिसन टु हेल्प नेपाल, वेम्ली महिला मगर संघ, नेपलिज नर्सिङ एसोसिएसन यूके र होस्ट लारा अनि शशी थापा सुब्बाप्रति आभार व्यक्त गरेकी छिन् ।
उनले आफूलाई सहयोग गर्ने छोरी पारिका आलेप्रति विशेष कृतज्ञता व्यक्त गर्दै यस्तो सामाजिक काममा युवा पुस्ताको क्रियाशिलता समेत महत्वपूर्ण हुने भएकाले भविष्यमा उनीहरुलाई झन् सक्रिय सहभागिता जनाउन आग्रह गरिन् ।
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल