
मिस र मिसेज युके नेपालमा न्यून सहभागिता, भाग लिने म्याद थपियाे
लण्डन । मिस युके नेपाल र मिसेज युके नेपालमा भाग लिने म्याद मे २० तारिखसम्म थप गरिएको छ ।
दुवै प्याजेन्टका लागि आज पहिलो अडिसन राखिएकोमा पर्याप्त प्रतियोगीहरु नभएपछि भाग लिने समयसीमा थपिएको आयोजकले जानकारी दिएका छन् ।
आज फार्नब्रोस्थित गोरखा प्यालेसमा भएको अडिसनमा मिस युके नेपालतर्फ छ जना र मिसेज युके नेपालतर्फ दुई जनाले मात्र उपस्थिति जनाएका थिए ।
मिस युके नेपालमा १९ वर्षीया अलिसा गौचन, २१ वर्षीया अलिसा लिम्बु, २० वर्षीया टेनिसा राना, २४ वर्षीया आरती गुरुङ, २२ वर्षीया प्रसंसा लिम्बु र १९ वर्षीया सुसन राईले आज अडिसन दिएका थिए । यस्तै मिसेज युके नेपालतर्फ अडिसन दिनेमा २९ वर्षीया कृष्टि थापा पुन र २५ वर्षीया पुनम गुरुङ थिए । मिस यूके नेपालको फिनाले आगामी २१ अगष्टमा इम्पायर ब्यांक्यूटिंग हल अल्डरसटमा हुने तय भएको छ ।
आज अडिसन दिन नभ्याउनेहरुले पछि आउँछु भनेकाले भाग लिने म्याद बढाइएको आयोजक शान्ति गुरुङले बताइन् ।
इभेन्टस एण्ड आइडियाजले गर्ने गरेको सो प्रतियोगिताका विजेतालाई ८०० पाउण्ड, रनर अपलाई ५०० पाउण्ड र सेकेण्ड रनर अपलाई ३०० पाउण्ड पुरस्कार दिइने बताइएको छ ।
गत वर्ष पनि पर्याप्त प्रतियाेगी नभएपछि साे प्याजेन्ट अायाेजना गरिएकाे थिएन ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- सोमबारदेखि बेलायत छोड्न फाराम भर्नुपर्ने, २०० पाउण्ड जरिवाना हुनसक्ने
- गोरखा भूपू सैनिकको समस्याबारे प्राविधिक समितिको प्रतिवेदनमाथि बेलायतले नेपालसित वार्ता नगर्ने
- गोरखाहरुलाई अति माया गर्ने ब्रायन स्टालेको निधन
- कारोना संक्रमणका कारण प्रवासमा मृत्यु भएकाको शव नेपाल लैजाने पाइने
- ‘गोरखा सैनिकहरुलाई बेलायतको भिसा–नागरिकतावापत लिइने शुल्क खारेज हुनुपर्छ’