लन्डन । बेलायतवासी नेपाली युवाले यहांको संसद अगाडि बुद्ध जयन्ती मनाउने तयारी गरेका छन् । यही मे २० तारिख सांझ ५.३० देखि ८.३० बजेसम्म पार्लियामेन्ट स्क्वायरमा बुद्ध जयन्ती तथा दीप प्रज्वलन कार्यक्रम गर्न लागिएको आयोजक कपिलवस्तु समाज यूके अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए ।
शान्तिका अग्रदूत गौतम बुद्धको जन्मबारे भ्रम उत्पन्न भइरहंदा उनी नेपालमा जन्मेका हुन् भन्ने सन्देश विश्व सामु फैलाउन कार्यक्रम गरिएको आयोजकले जनाएका छन् ।
कार्यक्रमका अवसरमा गत वर्ष भूकम्पमा परि आफ्नो अमूल्य जीवन गुमाउने सम्पूर्ण दिवंगतको सम्झना तथा विश्व शान्तिका लागि दीप प्रज्वलन कार्यक्रम राखिएको कार्यक्रम संयोजक गणेश खड्काले जनाए ।
कार्यक्रमबाट नेपालको पर्यटन प्रवर्धन समेत हुने अपेक्षा गरिएको छ । उक्त कार्यक्रममा ब्रिटेनको सर्वदलीय संसदीय समितिका नेपाल अध्यक्ष सांसद बीरेन्द्र शर्मासहित यहांका नेपाली संघसंस्थाका प्रतिनिधि सहभागी हुने जनाइएको छ ।
मिडिया कोअर्डिनेटर एभरेष्ट गौतमले कार्यक्रम सफल बनाउन नेपाल सरकार, पर्यटन मन्त्रालय, बेलायतस्थित कुटनीतिक नियोग, बिभिन्न संघसंस्था तथा सर्वसाधारणलाई आग्रह गरिएको बताए । उक्त कार्यक्रमको व्यवस्थापन संयोजक छन् गणेश दाहाल ।
आयोजकले बेलायतवासी समस्त नेपालीमा त्यस सांझ सहभागी भइदिन आग्रह गरेका छन् ।
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई