
लण्डन । अार्थिक अभावका कारण मुखकाे ट्युमरकाे उपचार गर्न असमर्थ रेबिका राईको उपचारका लागि युकेबाट साढे चार लाख सहयाेग जुटाइएकाे छ ।
खोटाङ जिल्ला च्यानडाँडा ८ तेर्थतुल स्थाई घर भई हाल बुढानिलकण्ठ काठमाडौंमा आफ्नो परिवारसँग भाडामा बस्दै आएकी १४ वर्षिया राईको उपचारमा अार्थिक अभावकाे समाचार सामाजिक सन्जाल फेसबूकमा आएपछि खोटाङ बुईपा घर भइ हाल स्विन्डन वेलायतमा बसोबास गर्ने धनकुमार राई, कल्पना राई तथा भोला बिक्रम राईले फेसबुकमार्फत सयुंक्त अभियान चलाइ ४ लाख ४९ हजर ५७० रूपियाँ सहयाेग संकलन गरेका हुन । साे रकम आजै बैंक ब्यवसायी अप्सरा राई तथा डा. अस्मिता राईले संयुक्तरुपमा रेबिका राईकै बासस्थानमा गई उनलाई हस्तान्तरण गरेकाे बताइएकाे छ। । सो अवसरमा पीडितका बाबाआमाले सम्पूर्ण यूकेबासीलाई सहयोगदाता धन्यवाद दिएका छन्।
रेबिका राईको ५ वर्षको हुँदादेखि नै ट्यूमर आएको र अहिले १४ वर्षको हुँदासम्म नेपालमै तीनपटक अपरेसन गरिसकिए पनि पूर्णरुपमा निको हुन सकिरहेको थिएन। डाक्टरहरुले भारतमा लगेर उपचार गरे पूर्णरुपमा निको हुनसक्ने सल्लाह दिएपछि कोलकातास्थित लाइफलाइन नर्सिंग होममा लगेर रेबिका राईको उपचार गरिन लागिएको हो।
दैनिक मजदूरी गरेर जीबिका चलाउने राईको बाबाआमाको आर्थिक अभावको कारण उपचार गराउन नसक्ने भएपछि सामाजिक सन्जालमा सहयोगको लागी अपील गरिएको थियो। रेबिका राई आज ५ मे, २०१६ नै उपचारको लागी कोलकत्ता प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते