लन्डन । बेलायतवासी साहित्यकार कवि घन बहादुर थापा मगरको कविता सङग्रह ‘क्याक्मीको कोसेली’ लोकार्पण भएको छ । नेपाली साहित्य विकास परिषद् यू.के. र यसको नेपाल च्याप्टरले काठमाण्डौंमा आयोजना गरेको एक समारोहबीच संग्रह विमोचन गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री बल बहादुर महतको प्रमुख आतिथ्यमा नेपाली साहित्य विकास परिषद् नेपाल च्याप्टरकी अध्यक्ष साहित्यकार इल्या भट्टराईको अध्यक्षतामा कार्यक्रम भएको थियो । समारोहमा राज्यमन्त्री महतले देश विकासमा साहित्यकारहरूको पनि ठूलो भूमिका हुने जनाउंदै विचार सिद्धान्त फरक फरक भए पनि देश विकासमा सबै एक भएर लाग्नुपर्नेमा जोड दिए ।
युवा समालोचक मुक्ति घिमिरेले कृतिमाथि प्रकाश पार्दै घन बहादुरका कविता देश प्रेमको भावनाले ओतप्रोत निश्चल कवि मनको प्रस्फुटन हो भने । कवि गोपाल पराजुलीले पनि संग्रहबारे बोलेका थिए ।
कार्यक्रममा हरिशरण लामिछाने, इल्या भट्टराई, निमा वाङ्गेल लामा, देवकुमार मानन्धर, मुक्ति बहादुर घर्ती मगर, थम बहादुर छन्त्याल आदिले थापाको साहित्यिक व्यक्तित्व र कविताबारे प्रकाश पारे । उक्त समारोह सम्पन्न गर्न जयदेव भट्टराई, गोबिन्दप्रसाद श्रेष्ठ, डा. प्रभा कैनी, व्याकुल पाठक, ललिता दोषी, आनन्द कार्की, राजेश जङ्ग शाह तथा नेत्र पौडेल आदिको भूमिका उल्लेख्य थियो ।
कवि थापाले कविता संग्रह बिक्रीको केहि रकम भूकम्पबाट प्रभावित क्याक्मी गा.वि.स. स्थित पोखरी भज्याङ्ग नि.मा. विद्यालयको पुनः निमार्णमा खर्चिने बताएका छन् ।
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई