लन्डन । बेलायतवासी साहित्यकार कवि घन बहादुर थापा मगरको कविता सङग्रह ‘क्याक्मीको कोसेली’ लोकार्पण भएको छ । नेपाली साहित्य विकास परिषद् यू.के. र यसको नेपाल च्याप्टरले काठमाण्डौंमा आयोजना गरेको एक समारोहबीच संग्रह विमोचन गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री बल बहादुर महतको प्रमुख आतिथ्यमा नेपाली साहित्य विकास परिषद् नेपाल च्याप्टरकी अध्यक्ष साहित्यकार इल्या भट्टराईको अध्यक्षतामा कार्यक्रम भएको थियो । समारोहमा राज्यमन्त्री महतले देश विकासमा साहित्यकारहरूको पनि ठूलो भूमिका हुने जनाउंदै विचार सिद्धान्त फरक फरक भए पनि देश विकासमा सबै एक भएर लाग्नुपर्नेमा जोड दिए ।
युवा समालोचक मुक्ति घिमिरेले कृतिमाथि प्रकाश पार्दै घन बहादुरका कविता देश प्रेमको भावनाले ओतप्रोत निश्चल कवि मनको प्रस्फुटन हो भने । कवि गोपाल पराजुलीले पनि संग्रहबारे बोलेका थिए ।
कार्यक्रममा हरिशरण लामिछाने, इल्या भट्टराई, निमा वाङ्गेल लामा, देवकुमार मानन्धर, मुक्ति बहादुर घर्ती मगर, थम बहादुर छन्त्याल आदिले थापाको साहित्यिक व्यक्तित्व र कविताबारे प्रकाश पारे । उक्त समारोह सम्पन्न गर्न जयदेव भट्टराई, गोबिन्दप्रसाद श्रेष्ठ, डा. प्रभा कैनी, व्याकुल पाठक, ललिता दोषी, आनन्द कार्की, राजेश जङ्ग शाह तथा नेत्र पौडेल आदिको भूमिका उल्लेख्य थियो ।
कवि थापाले कविता संग्रह बिक्रीको केहि रकम भूकम्पबाट प्रभावित क्याक्मी गा.वि.स. स्थित पोखरी भज्याङ्ग नि.मा. विद्यालयको पुनः निमार्णमा खर्चिने बताएका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा