
लन्डन । जनस्वास्थ्यकी एक जना लेक्चरर डा. प्रियम्वडा पौडेलले लन्डन म्याराथनमा दौडेर नेपालको विद्यालयलाई आर्थिक संकलन गरेकी छिन् । गत २४ अप्रिल आइतबार आयोजित लन्डन म्याराथनमा भाग लिएर युनिभर्सिटी अफ ससेक्सकी लेक्चरर पौडेलले १९५५ पाउण्ड संकलन गरेकी हुन् । गिफ्ट एड जोडेर संकलित रकम करिब तीन लाख तीनहजार ४५५ रुपैयां हुन आउंछ । संकलित रकम गुल्मी जिल्लाको मालागिरी स्कुललाई पठाइने पौडेलले जनाइन् ।
प्रियम्वडाले २६ दशमलव २ माइल दुरीको लन्डन म्याराथन ४ घण्टा ५९ मिनेटमा पुरा गरेकी थिइन् । उनले सहयोगदाता सबैप्रति आभार व्यक्त गरेकी छिन् । यसअघि उनले ब्राइटन म्याराथन २०१४ मा दौडेर हेल्प नेपाल नेटवर्कका लागि आर्थिक सहयोग गरेकी थिइन् ।
उनी ससेक्स युनिभर्सिटीको एमएस्सी पब्लिक हेल्थ विषयकी कोर्स लिडर पनि हुन् ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ