
लन्डन । जनस्वास्थ्यकी एक जना लेक्चरर डा. प्रियम्वडा पौडेलले लन्डन म्याराथनमा दौडेर नेपालको विद्यालयलाई आर्थिक संकलन गरेकी छिन् । गत २४ अप्रिल आइतबार आयोजित लन्डन म्याराथनमा भाग लिएर युनिभर्सिटी अफ ससेक्सकी लेक्चरर पौडेलले १९५५ पाउण्ड संकलन गरेकी हुन् । गिफ्ट एड जोडेर संकलित रकम करिब तीन लाख तीनहजार ४५५ रुपैयां हुन आउंछ । संकलित रकम गुल्मी जिल्लाको मालागिरी स्कुललाई पठाइने पौडेलले जनाइन् ।
प्रियम्वडाले २६ दशमलव २ माइल दुरीको लन्डन म्याराथन ४ घण्टा ५९ मिनेटमा पुरा गरेकी थिइन् । उनले सहयोगदाता सबैप्रति आभार व्यक्त गरेकी छिन् । यसअघि उनले ब्राइटन म्याराथन २०१४ मा दौडेर हेल्प नेपाल नेटवर्कका लागि आर्थिक सहयोग गरेकी थिइन् ।
उनी ससेक्स युनिभर्सिटीको एमएस्सी पब्लिक हेल्थ विषयकी कोर्स लिडर पनि हुन् ।
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित
काठमाडौँ–३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी
मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी
काठमाडौँ ६ मा रास्वपाका शिशिर खनाल र काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ निर्वाचित
पाँचथर समाज सेवा यूकेले मे २ मा १३ औं संस्करणको पाँचथर कप आयोजना गर्ने
तेहरानमा इजरायली आक्रमण, क्षेत्रीय तनाव चुलियो
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानीका उपाय अपनाउन नेपाल सरकारको अनुरोध
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह