लन्डन । साउथ इष्ट लन्डनमा शान्ति पदयात्रासहित २५६० औं बुद्ध जयन्ती मनाउने तयारी भएको छ । २१ मे दिनभर बुद्ध जयन्ती मनाइने आयोजक दक्षिणपूर्व क्षत्रीय तमुधिं लन्डनले जानकारी दिएको छ ।
कार्यक्रम अनुसार बिहान १० बजे उलबीच टाउन हलमा भेला भएर ११ देखि १ बजेसम्म शान्ति पद यात्रा र्याली एवं १ देखि ६ बजेसम्म टाउनहलमा पूजा प्रवचन गरिने छ ।
पोहोर साल झैं यसवर्ष पनि शान्तिका विभिन्न सन्देशहरु, भगवान बुद्ध दर्शनका महावाणीहरु, बुद्ध भगवान नेपालमा जन्मेका थिए जस्ता सन्देश सन्देश प्रवाह गर्दै जयन्ती मनाउन लागिएको हो । भगवान बुद्ध भारतमा जन्मेका हुन् भन्ने भ्रम चिर्न बुद्ध नेपालमा जन्मेका थिए जस्ता प्लेकार्डहरु प्रदर्शन गरेर तथा शान्ति पदयात्रामा सहभागी भएर कार्यक्रम सफल पारिदिन आयोजकको आग्रह छ ।
कार्यक्रम संयोजक एवं उक्त संस्थाका सल्लाहकार सुमलकुमार गुरुङ र अध्यक्ष श्रीचन्द्र गुरुङले कार्यक्रम सफल बनाउन आग्रह गरेका छन् । कार्यक्रममा हरेक संस्थालाई कम्तीमा ५० जनासहित प्लेकार्डहरु बोकेर सहभागिता जनाउन उनीहरुको आग्रह छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते