लन्डन । आगामी २९ मे का दिन हुन लागेको १४ औं गोर्खा कपमा यस पटक सबैभन्दा आकर्षक पुरस्कार र अन्य आकर्षण रहने भएका छन् ।
यूकेमा हुने नेपालीको सबैभन्दा वृहत गोर्खा कप प्रतियोगितामा मुख्य टिम (नन भेट्रान) लाई पहिलो पुरस्कार दुई हजार पाउण्ड, दोश्रो (रनरअप) एकहजार पाउण्ड तथा भेट्रान टिममा पहिलो पुरस्कार एक हजार पाउण्ड, दोश्रो पुरस्कार ७ सय पाउण्ड साथै विजेता सबैलाई ट्रफी र सर्टिफिकेट दिइने आयोजक तमुधिं यूकेले जनाएको छ । दुबै क्याटेगोरिजका टिमको प्रवेश शुल्क २५० पाउण्ड तोकिएको छ ।
क्वीन्स् एभिन्यू फुटबल मैदान अल्डरसटमा हुने गोर्खा कपमा ब्रिगेड ब्याण्ड डिस्प्ले, खुकुरी डान्स, नेपाली कल्चरल नृत्य, प्यारा जम्प, १० रेष्टुरेन्टका स्टल, अन्य ५० औं च्यारिटी तथा व्यापारिक स्टल आदि आकर्षण हुनेछन् ।
गोर्खा कपको संयोजन यसपटक क्याप्टेन (रि) पिताम्बर गुरुङ र सह संयोजन लेफ्टिनेन्ट कुसाङ गुरुङ एवं कुमार गुरुङले गर्दैछन् ।
कार्यक्रममा २०० जना भिआइपी गेस्ट, समाजका अगुवा, बेलायती तथा नेपाली मिडियालाई निम्त्याइएको छ । गोर्खा कप हेर्न कम्तीमा १० देखि १५ हजार दर्शक सहभागी हुने अपेक्षा छ । उक्त इभेन्टलाई नेपाली दूतावास, रसमुर बरो काउन्सिल, गैर आवासीय नेपाली संघ बेलायत, ब्रिगेड अफ गोर्खा र नेपाली समुदायले साथ दिएको छ ।
गोर्खा कपबारे जानकारी दिन २१ मेमा मिचेटमा पत्रकार सम्मेलन राखिएको तमुधिं यूके उपाध्यक्ष ज्ञाम गुरुङले जानकारी दिए । उनले कार्यक्रम सफल पारिदिन सबैमा आग्रह गरेका छन् ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते