लन्डन । आगामी २९ मे का दिन हुन लागेको १४ औं गोर्खा कपमा यस पटक सबैभन्दा आकर्षक पुरस्कार र अन्य आकर्षण रहने भएका छन् ।
यूकेमा हुने नेपालीको सबैभन्दा वृहत गोर्खा कप प्रतियोगितामा मुख्य टिम (नन भेट्रान) लाई पहिलो पुरस्कार दुई हजार पाउण्ड, दोश्रो (रनरअप) एकहजार पाउण्ड तथा भेट्रान टिममा पहिलो पुरस्कार एक हजार पाउण्ड, दोश्रो पुरस्कार ७ सय पाउण्ड साथै विजेता सबैलाई ट्रफी र सर्टिफिकेट दिइने आयोजक तमुधिं यूकेले जनाएको छ । दुबै क्याटेगोरिजका टिमको प्रवेश शुल्क २५० पाउण्ड तोकिएको छ ।
क्वीन्स् एभिन्यू फुटबल मैदान अल्डरसटमा हुने गोर्खा कपमा ब्रिगेड ब्याण्ड डिस्प्ले, खुकुरी डान्स, नेपाली कल्चरल नृत्य, प्यारा जम्प, १० रेष्टुरेन्टका स्टल, अन्य ५० औं च्यारिटी तथा व्यापारिक स्टल आदि आकर्षण हुनेछन् ।
गोर्खा कपको संयोजन यसपटक क्याप्टेन (रि) पिताम्बर गुरुङ र सह संयोजन लेफ्टिनेन्ट कुसाङ गुरुङ एवं कुमार गुरुङले गर्दैछन् ।
कार्यक्रममा २०० जना भिआइपी गेस्ट, समाजका अगुवा, बेलायती तथा नेपाली मिडियालाई निम्त्याइएको छ । गोर्खा कप हेर्न कम्तीमा १० देखि १५ हजार दर्शक सहभागी हुने अपेक्षा छ । उक्त इभेन्टलाई नेपाली दूतावास, रसमुर बरो काउन्सिल, गैर आवासीय नेपाली संघ बेलायत, ब्रिगेड अफ गोर्खा र नेपाली समुदायले साथ दिएको छ ।
गोर्खा कपबारे जानकारी दिन २१ मेमा मिचेटमा पत्रकार सम्मेलन राखिएको तमुधिं यूके उपाध्यक्ष ज्ञाम गुरुङले जानकारी दिए । उनले कार्यक्रम सफल पारिदिन सबैमा आग्रह गरेका छन् ।
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान