शुक्रबार, कार्तिक ७ २०७७ | Fri, October 23, 2020
नेपालको समय: १४:१३ | UK Time: 09:28

एक्स फ्याक्टर यूकेमा छानिए नेपाली

वीनेपाली
२०७३ वैशाख २० गते २१:३१

13151773_1097025317006796_7641352901146088346_n
लन्डन । गायनमा नयां प्रतिभा जन्माउने बेलायतको लोकप्रिय टेलिभिजन रियालिटी शो एक्स फ्याक्टरमा एक नेपाली युवा छानिएका छन् । सुयोग रामदाम उक्त शोका लागि छानिएका 
हुन् । सम्भवतः एक्स फ्याक्टरमा छानिने सुयोग पहिलो नेपाली 
हुन् । सुयोगले आफ्नो फेसबुक टाइमलाइनमा ‘सेलेक्टेड डन’ लेखेपछि उनलाई बधाइ दिनेको ओइरो लागेको छ । सुयोगको बांकी यात्रा सफल होस् भनेर शुभकामना दिने पनि अत्यधिक छन् ।

साइमन कोवेलले सन् २००४ बाट शुरु गरेको उक्त शो प्रत्येक वर्ष अगष्ट, सेप्टेम्बर देखि डिसेम्बरसम्म प्रसारण हुंदै आएको छ ।
पब्लिक दर्शकबाट छानिने उक्त शो यसअघि ९० लाख दर्शकले एकैपटक अवलोकन गरेका थिए ।

हालसम्म स्टिभ ब्रुकस्टेन, सायन वार्ड, लियोना लिवीस्, लियोन ज्याक्सन, अलेक्सान्ड्रा बर्क, जो म्याक एल्डरी, म्याट कार्डल, लिटिल मिक्स्, जेम्स् आर्थर, साम बेली र बेन हेइनाउ गरि ११ जनाले उक्त उपाधि जितिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक