
लन्डन । प्रवासी नेपाली मञ्च यूकेले विद्यार्थी आन्दोलनका एकजना बहुचर्चित नेता (योद्धा) बलराम समाललाई आर्थिक सहयोग गरेको छ ।
मञ्चले समालको उपचारार्थ सोमबार काठमाण्डूमा आयोजित एक कार्यक्रमबीच रु. ५,९३,००० (पांच लाख तीरानब्वे हजार रुपैयां) हस्तान्तरण गरेको हो । समालकी छोरी सुनगाभा समाल र निजको उपचारार्थ गठित समितिका संयोजक एमाले केन्द्रीय सदस्य एवं बुद्धिजिवी बिभाग प्रमुख टंक कार्कीलाई रकम हस्तान्तरण गरिएको मञ्चले जनाएको छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा युरोप इन्चार्ज कमरेड रामकुमारी झाक्री, नेकपा एमालेका उप महासचिव घनश्याम भुसाल, नेकपा एमाले पोलिटब्युरो सदस्य बेदुराम भुसाल, ओएनएफ यूके उपाध्यक्ष रामजी बराल लगायतको उपस्थिति थियो ।
ओएनएफ यूकेका अध्यक्ष रामशरण सिम्खडाको विशेष सक्रियता र मिलन घिमिरेको संयोजनमा समालको उपचारार्थ सहयोग संकलन अभियान सञ्चालन गरिएको थियो । उक्त अभियानलाई ओएनएफ यूकेका अन्य पदाधिकारी र सदस्यहरुबाट पहल भएको थियो ।
मानसिक रोगले सिकिस्त अनेरास्ववियूका पूर्व केन्द्रीय सदस्य तथा नेपाल ल क्याम्पसका तत्कालिन स्ववियू सभापति समाल महोत्तरी रामनगरस्थित आफ्नै निवासमा लामो समयदेखि बिरामी भएर बसिरहेका छन् ।
निरंकुश पञ्चायती शासनकालमा पञ्चायती ब्यवस्थाविरुद्ध राजनैतिक परिवर्तनको पक्षमा सशक्त आवाज उठाएकै कारण तत्कालिन सरकारले उनलाई निर्मम यातना दिएको थियो । त्यसकै असरले गर्दा उनी अहिले शारिरिक अशक्त तथा मानसिक बिरामी परेका छन् । तत्कालिन सरकारले करेन्ट लगाउने, पैतालामा पिट्ने जस्ता अमानवीय यातनाकै कारण उनको यस्तो अवस्था भएको हो ।
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई