बुधबार, कार्तिक १२ २०७७ | Wed, October 28, 2020
नेपालको समय: ०८:२३ | UK Time: 02:38

कुन्ती र धिरजले गाए लन्डनमा

वीनेपाली
२०७३ वैशाख २० गते १४:५०

13148357_1112605752093110_1461878636_o-2
लन्डन । बेलायत भ्रमणमा रहेका चर्चित गायक गायिका धिरज राई र कुन्ती मोक्तानले आइतबार सांझ लन्डनमा आफ्नो गायन प्रस्तुत गरे । लन्डन साउथ ह्यारोस्थित ह्यारो बरो फुटबल क्लबमा कार्यक्रम भएको हो । कार्यक्रमका आयोजक थिए यती नेपाली एसोसिएसन यूके अध्यक्ष उमेश मोक्तान । तर, कार्यक्रम मोक्तानको व्यक्तिगत तर्फबाट भएको थियो ।

करिब अढाइ सय सहभागी उक्त कार्यक्रममा कुन्ती र धिरजले आफ्ना नयां पुराना दर्जनौं गीत गाएर दर्शकलाई सांगीतिक रसस्वादन गराए । कार्यक्रममा लामो मन्तव्य र आसन ग्रहण भएन । यसले पनि दर्शकले भरपुर मनोरन्जन लिन पाएको आयोजक मोक्तानले बताए ।

कार्यक्रममा प्रमुख अतिथी थिए सांसद बीरेन्द्र शर्मा । नेपाली समुदायका हरेक कार्यक्रममा सहभागी हुने शर्माले मन्तव्यका क्रममा नेपाल भूकम्पको पीडाबाट अझै उम्कन नसकेको स्मरण गर्दै सबैलाई नेपालको पुनर्निर्माणमा सघाउन आग्रह गरे । सांसद शर्माले नेपालबाट आएका कलाकार कुन्ती, धिरज एवं स्थानीय कलाकारहरुलाई खादाले सम्मान गर्दै टोकन अफ लभ समेत प्रदान गरे ।

13161115_1112605718759780_1476304138_o

साढे सात बजे शुरु हुने भनिएको कार्यक्रम केही समय ढिलो भएपछि अध्यक्ष मोक्तानले आफैं प्रारम्भ गरेर पछि शशी थापा सुब्बा र लक्ष्मी राई (लारा) ले सञ्चालनको जिम्मेवारी लिएका थिए ।

उक्त कार्यक्रममा प्रतिष्ठा त्रिपाठीले आकर्षक नृत्य एवं गायिका केशु श्रेष्ठ र सोनाहांग राईले आ आफ्नो गायन प्रस्तुत गरे । कार्यक्रममा धराने महिलाले धरानमा निर्माणाधिन आकाशे पुल प्रोजेक्टमा सघाउने उद्देश्यले मम, अचार र सेलरोटी बेचेका थिए ।
तस्विरः एभरेष्ट गौतम

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक