आइतबार, कार्तिक ९ २०७७ | Sun, October 25, 2020
नेपालको समय: १३:४५ | UK Time: 08:00

गुल्मी समाज युकेमा सहमतिमा नेतृत्व चयन

वीनेपाली
२०७३ वैशाख १९ गते १४:१०
तस्वीर शिव भन्डारी

तस्वीर शिव भन्डारी

लण्डन । गुल्मी समाज युकेको नयाँ नेतृत्व राम गलामी मगरको अध्यक्षतामा सहमतिले चयन भएको छ ।
समाजको आज अल्डरसटमा हुँदै गरेको अधिवेसनमा उपाध्यक्षमा फडिन्द्र भट्टराई, राजन खरेल र टोपबहादुर पल्ली, महासचिवमा शिव भण्डारी र सचिवमा बीर बलाल निर्विरोध चयन भएको प्रमुख निर्वाचन आयुक्त मीन दर्लामीले जानकारी दिए ।
यसअघि उपाध्यक्ष पदमा उम्मेदवारी दिएका मतिप्रसाद पुनले उम्मेदवारी फिर्ता लिएका छन् भने रामप्रसाद सापकोटालाई सहकोषाध्यक्ष बनाइएको छ ।
यस्तै सचिव पदमा मञ्जु भण्डारी खरेलले उम्मेदवारी फिर्ता लिएकी छिन् ।
कोषाध्यक्षमा तारानाथ भण्डारी निर्विरोध भएका छन् भने सदस्यहरुमा सदस्यहरुमा मुना सापकोटा खरेल, तारा भट्टराई, राजु मल्ल, बरुण भण्डारी, टिकाराम थापा, विष्णु ज्ञवाली, पुर्णबहादुर बलाल, रुद्रबहादुर थापा, डिल्लीराज थापा र बाबुराम भण्डारी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक