ललितपुर, १७ वैशाख । एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेकपा(माओवादी) वैद्य समूहसँग पार्टी एकीकरण छिट्टै हुने बताउनुभएको छ ।
क्रान्तिकारी पत्रकार सङ्घ नेपाल ललितपुरको दोस्रो सम्मेलन तथा सम्मान एवम् पुरस्कार वितरण कार्यक्रममा आज उहाँले दुई पार्टी एकीकरणका लागि पार्टीभित्र अन्तिम तयारी भइरहेको बताउनुभएको हो ।
यसबाहेक माओवादीबाट फुटेर गएका नेत्रविक्रम चन्द तथा मातृका यादवले नेतृत्व गरिरहेको माओवादी पार्टीसँगसमेत पार्टी एकीकरणमा ल्याउने पहल भइरहेको उहाँले उल्लेख गर्नु भयो ।
पत्रकार ओम शर्माले समाज रुपान्तरणमा प्रभावकारी रुपले पत्रकार अघि बढ्नुपर्ने बताउनुभयो ।
क्रान्तिकारी पत्रकार सङ्घ नेपालका केन्द्रीय संयोजक गोविन्द आचार्यले अझै पनि ३६ जना क्रान्तिकारी पत्रकार बेपत्ता भएको बताउनुभयो । उहाँले पत्रकार महासङ्घलाई सङ्घीय संरचनाअनुरुप लैजानुपर्नेमा जोड दिनुभयो ।
पत्रकार महासङ्घ ललितपुरका अध्यक्ष लेखनाथ न्यौपानेले पत्रकार हकहितका लागि महासङ्घ सदैव क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सो अवसरमा कृष्णसेन इच्छुक पत्रकारिता पुरस्कारबाट बलराम थापा पुरस्कृत हुनुभएको थियो । यसैगरी मिलन नेपाली साहसिक पत्रकारिता पुरस्कारबाट पत्रकार महासङ्घ ललितपुरका अध्यक्ष लेखनाथ न्यौपानेलाई पुरस्कृत गरिएको थियो । पुरस्कारको राशी क्रमशः रु पाँच हजार १०० रहेको छ ।
यसैगरी महासङ्घका पूर्वमहासचिव ओम शर्मालाई सशक्त मिडिया उद्यमीबाट सम्मान गरिएको थियो । यस्तै महासङ्घका उपाध्यक्ष खिलबहादुर भण्डारीलाई स्वरोजगारमूलक श्रमजीवी पत्रकारबाट सम्मान भएको थियो । महासङ्घका महासचिव उजीर मगरलाई सो कार्यक्रममा सम्मान गरिएको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा