ललितपुर, १७ वैशाख । एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेकपा(माओवादी) वैद्य समूहसँग पार्टी एकीकरण छिट्टै हुने बताउनुभएको छ ।
क्रान्तिकारी पत्रकार सङ्घ नेपाल ललितपुरको दोस्रो सम्मेलन तथा सम्मान एवम् पुरस्कार वितरण कार्यक्रममा आज उहाँले दुई पार्टी एकीकरणका लागि पार्टीभित्र अन्तिम तयारी भइरहेको बताउनुभएको हो ।
यसबाहेक माओवादीबाट फुटेर गएका नेत्रविक्रम चन्द तथा मातृका यादवले नेतृत्व गरिरहेको माओवादी पार्टीसँगसमेत पार्टी एकीकरणमा ल्याउने पहल भइरहेको उहाँले उल्लेख गर्नु भयो ।
पत्रकार ओम शर्माले समाज रुपान्तरणमा प्रभावकारी रुपले पत्रकार अघि बढ्नुपर्ने बताउनुभयो ।
क्रान्तिकारी पत्रकार सङ्घ नेपालका केन्द्रीय संयोजक गोविन्द आचार्यले अझै पनि ३६ जना क्रान्तिकारी पत्रकार बेपत्ता भएको बताउनुभयो । उहाँले पत्रकार महासङ्घलाई सङ्घीय संरचनाअनुरुप लैजानुपर्नेमा जोड दिनुभयो ।
पत्रकार महासङ्घ ललितपुरका अध्यक्ष लेखनाथ न्यौपानेले पत्रकार हकहितका लागि महासङ्घ सदैव क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सो अवसरमा कृष्णसेन इच्छुक पत्रकारिता पुरस्कारबाट बलराम थापा पुरस्कृत हुनुभएको थियो । यसैगरी मिलन नेपाली साहसिक पत्रकारिता पुरस्कारबाट पत्रकार महासङ्घ ललितपुरका अध्यक्ष लेखनाथ न्यौपानेलाई पुरस्कृत गरिएको थियो । पुरस्कारको राशी क्रमशः रु पाँच हजार १०० रहेको छ ।
यसैगरी महासङ्घका पूर्वमहासचिव ओम शर्मालाई सशक्त मिडिया उद्यमीबाट सम्मान गरिएको थियो । यस्तै महासङ्घका उपाध्यक्ष खिलबहादुर भण्डारीलाई स्वरोजगारमूलक श्रमजीवी पत्रकारबाट सम्मान भएको थियो । महासङ्घका महासचिव उजीर मगरलाई सो कार्यक्रममा सम्मान गरिएको थियो ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो