
काठमाडौँ, १७ वैशाख । बहुचर्चित चलचित्र ‘क्याराभान’का नायक थिन्ले लेन्डुपको राजधानीको टेकुमा बौद्ध परम्पराअनुसार आज अन्तिम संस्कार गरिएको छ ।
उहाँलाई गृहमन्त्री शक्तिबहादुर बस्नेत, बौद्ध गुरुलगायत विभिन्न क्षेत्रका व्यक्तिलगायत सर्वसाधारणले अन्तिम श्रद्धाञ्जलि दिनुभएको थियो ।
थिन्लेको यही वैशाख १२ गते डोल्पा सदरमुकाम दुनैदेखि आफ्नो गाउँ साल्दाङ जाँदै गर्दा भिरबाट लडेर असामयिक निधन भएको थियो ।
साँघुरो बाटोमा घोडामा गइरहेका उहाँलाई अर्कोतर्फबाट आएका खच्चडका बथानले धकेल्न पुगेका थिए ।
थिन्लेको मुख्य भूमिका रहेको चलचित्र ‘क्याराभान’ सन् १९९९ मा ओस्कार अवार्डका लागि मनोनीत भएको थियो । जसलाई फ्रान्सेली निर्देशक एरिक भ्यालीले निर्देशन गर्नुभएको थियो ।
त्यस्तै, थिन्लले अभिनय गरेको अमृत गुरुङको गीत ‘सा कर्णाली’ले पनि राम्रो बजार लिएको थियो ।
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
‘म्यागासेसे’ विजेता महावीर पुनको संसद् यात्रा…
नेपाल निर्वाचन : मतपरिणाम सार्वजनिक हुनेक्रम अन्तिम चरणमा, रास्वपा पहिलो स्थानमा
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग