
अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाललाई तीन पदक
काठमाडौँ, १५ वैशाख । फिलिपिन्सको सान्तोरोसामा भएको तेस्रो निसिमुरा कप अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालले तीन पदक हात पारेको छ ।
प्रतियोगितामा नेपालले एक रजत र दुई कास्य गरी तीन पदक जितेको नेपाल कराते महासङ्घका महासचिव एवम् बादोरियोका प्रमुख प्रशिक्षक हरिशरण केसीले जानकारी दिनुभयो ।
पुरुष खुला तौल समूहमा सिमोन खत्रीले नेपाललाई रजत पदक दिलाए । त्यसैगरी पुरुषकै ४५–५० केजीमा विकबहादुर थामी र ५०–५५ केजी तौल समूहमा मोहन तामाङले कास्य पदक हात पारे ।
पदक जितेर आज फर्किएका नेपाली टोलीलाई काठमाडौँ जिल्ला बादोरियो कराते डो सङ्घ र नेपाल बादोरियो कराते ब्ल्याक वेल्ट कमिटीले एक कार्यक्रम गरी बधाई ज्ञापन गरेको हो ।
सिमोन भने फिलिपिन्सबाटै जर्मनीको एकर्नफोर्डतर्फ प्रस्थान गरेका छन् । उनी अप्रिल ३० मा हुने बादो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुँदैछन् ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायतमा काम गर्न चाहने विदेशी नागरिकका लागि मङ्गलबारदेखि भिसा आवेदन खुला
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई