
पत्रकार दीक्षितको स्वास्थ्यमा सुधार
काठमाडौँ, १५ वैशाख । सञ्चार उद्यमी एवम् पत्रकार कनकमणि दीक्षितको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
अकुत सम्पत्ति राखेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत शुक्रबार नियन्त्रणमा लिएसँगै उच्च रक्तचापको सामान्य उपचारका लागि भनी अस्पताल लगिएका दीक्षितको शनिबार बिहान एक्कासि रक्तचाप अनियन्त्रित भएपछि वीर अस्पतालको सघन उपचार कक्ष(आइसियू) मा राखिएको थियो ।
उहाँको उपचारमा संलग्न चिकित्सक मनेन गोर्खालीले रक्तचाप नियन्त्रित भइरहेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो—‘‘अहिले उहाँको स्वास्थ्यमा सुधार भएको छ । रक्तचापका कारण मिर्गाैलामा केही असर देखिए पनि आज आएको ‘रिपोट’ सामान्य देखिएको छ ।’’
उहाँलाई हिँड्दा छाती भारी हुने समस्या देखिएकाले उहाँको मुटुको इसिजी तथा रगतको पनि परीक्षण गर्ने तयारी गरेको डा गोर्खालीले बताउनुभयो ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई
- बेलायत र युरोपियन युनियनबीच सहमति