ह्यानओभर (जर्मनी), १३ वैशाख । अमेरिकी राष्ट्रपति बाराक ओबामाले इस्लामिक स्टेट (आईएस) समूहविरुद्धको कारबाहीलाई सशक्त बनाउन अमेरिकाले विशेष तालिम प्राप्त सैनिक अधिकारीसहित थप २५० जना सेनालाई सिरिया पठाउन तयार रहेको सोमबार जर्मनीमा एक समारोहका बीच बताउनुभएको छ ।
राष्ट्रपति ओबामा जर्मन चान्सलर एन्जेला मर्केलसँग आतङ्कवादी समूह आईएसविरुद्धको लडाइँलाई थप सशक्त बनाउने उद्देश्यका साथ आइतबार जर्मनी आई पुग्नुभएको हो ।
राष्ट्रपति ओबामाले आफ्नो जर्मनी बसाइँमा युरोप–अमेरिकाबीचको व्यापारिक सम्झौता निर्माण गर्न उपयोग गर्ने विश्वास लिइएको छ ।
अमेरिकी राष्ट्रपतिको जर्मनी बसाइँमा जर्मन चान्सलर एन्जेला मर्केलसँग इस्लामिक स्टेट (आईएस) समूह विरुद्धको अभियान, आतङ्कवाद विरुद्ध गरिने सहकार्यमा सुधार र कानुनी सूचना आदानप्रदान गर्ने लगायतका विषयमा छलफल भएको बताइएकोे छ ।
दुवै नेता आजै आईएसविरोधी अभियानलाई बल पुरयाउन बेलायत, फ्रान्स तथा इटालीका उच्च नेता सहभागी हुने अनौपचारिक बैठकमा सहभागी हुने कार्यक्रम छ ।
छलफलमा ओबामाले नेटो सदस्य राष्ट्रका नेताहरुलाई नेटो गठबन्धनले चलाएको आईएसविरोधी अभियानले सफलता पाएको र आईएस गतिविधिलाई पूर्ण नियन्त्रणमा लिन अझै केही समय सङ्घर्ष गर्नुपर्ने कुरामा जोड दिने अमेरिकी स्रोतले बताएको छ ।
अमेरिकाले सिरियामा विशेष सैन्य कारबाही चलाएको र सिरियामा द्वन्द्वरत् आईएस विद्रोहीको शक्ति क्षीण भइसकेको बताउनु हुँदै आवश्यक परे थप २५० जनाको सैनिक विशेषज्ञ टोली पठाउन सक्ने छ भन्नुभयो ।
तर विशेषज्ञ टोलीले आईएसविरुद्धको लडाइँमा प्रत्यक्ष सहभागी नहुने तर उनीहरुको अनुभव साट्दै स्थानीय सेनालाई तालिम दिने बताउनुभयो ।
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?