ह्यानओभर (जर्मनी), १३ वैशाख । अमेरिकी राष्ट्रपति बाराक ओबामाले इस्लामिक स्टेट (आईएस) समूहविरुद्धको कारबाहीलाई सशक्त बनाउन अमेरिकाले विशेष तालिम प्राप्त सैनिक अधिकारीसहित थप २५० जना सेनालाई सिरिया पठाउन तयार रहेको सोमबार जर्मनीमा एक समारोहका बीच बताउनुभएको छ ।
राष्ट्रपति ओबामा जर्मन चान्सलर एन्जेला मर्केलसँग आतङ्कवादी समूह आईएसविरुद्धको लडाइँलाई थप सशक्त बनाउने उद्देश्यका साथ आइतबार जर्मनी आई पुग्नुभएको हो ।
राष्ट्रपति ओबामाले आफ्नो जर्मनी बसाइँमा युरोप–अमेरिकाबीचको व्यापारिक सम्झौता निर्माण गर्न उपयोग गर्ने विश्वास लिइएको छ ।
अमेरिकी राष्ट्रपतिको जर्मनी बसाइँमा जर्मन चान्सलर एन्जेला मर्केलसँग इस्लामिक स्टेट (आईएस) समूह विरुद्धको अभियान, आतङ्कवाद विरुद्ध गरिने सहकार्यमा सुधार र कानुनी सूचना आदानप्रदान गर्ने लगायतका विषयमा छलफल भएको बताइएकोे छ ।
दुवै नेता आजै आईएसविरोधी अभियानलाई बल पुरयाउन बेलायत, फ्रान्स तथा इटालीका उच्च नेता सहभागी हुने अनौपचारिक बैठकमा सहभागी हुने कार्यक्रम छ ।
छलफलमा ओबामाले नेटो सदस्य राष्ट्रका नेताहरुलाई नेटो गठबन्धनले चलाएको आईएसविरोधी अभियानले सफलता पाएको र आईएस गतिविधिलाई पूर्ण नियन्त्रणमा लिन अझै केही समय सङ्घर्ष गर्नुपर्ने कुरामा जोड दिने अमेरिकी स्रोतले बताएको छ ।
अमेरिकाले सिरियामा विशेष सैन्य कारबाही चलाएको र सिरियामा द्वन्द्वरत् आईएस विद्रोहीको शक्ति क्षीण भइसकेको बताउनु हुँदै आवश्यक परे थप २५० जनाको सैनिक विशेषज्ञ टोली पठाउन सक्ने छ भन्नुभयो ।
तर विशेषज्ञ टोलीले आईएसविरुद्धको लडाइँमा प्रत्यक्ष सहभागी नहुने तर उनीहरुको अनुभव साट्दै स्थानीय सेनालाई तालिम दिने बताउनुभयो ।
एमाले अध्यक्ष केपी ओलीलाई हराउँदै झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
‘मिलारेपा’ नाटकका निर्देशक बुद्धि तामाङ लन्डन आइपुगे
नेपालमा प्रतिनिधिसभा निर्वाचन : पाँच स्थानमा महिला उम्मेदवार विजयी
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
इरान आक्रमणप्रति चीनको असहमति