
ब्रसेल्स, १३ वैशाख । आत्मघाती बम आक्रमणपछि बन्द ब्रसेल्स मेट्रो स्टेसन सोमबारदेखि सञ्चालनमा आएको छ ।
उक्त मेट्रो स्टेसनमा एक आत्मघाती बम आक्रमणकारीले विस्फोट गराउँदा १६ जनाको ज्यान लिएको हृदयविदारक हमलापछि केही समय अनुसन्धानका लागि बन्द गरिएको थियो । स्टेसनमा भएको विभत्स हमलापछि सुरक्षा अवस्थालाई पनि मध्यनजर राख्दै सेवा बन्द गरिएको थियो ।
घटनालाई विस्तारै बिर्सिदै गएपछि स्थानीयहरु सेवाका लागि स्टेसन पुग्न थालेका र प्राय अनुसन्धानको काम पनि सकिएकाले मालविक रेल स्टेसन खुला भएको उक्त स्टेसनका कर्मचारी भेनेसा सालेम्बिरले बताउनुभयो । काम फर्किदा खुशी त लागेको छ । तर त्यो हृदयविदारक घटनालाई सम्झिँदा अझै डर लाग्छ ।
उनले बाध्यताबस मैले यस ठाउँमा बिहानदेखि बेलुकासम्म काम गर्नैपर्छ, यो मेरो जागिर हो भनिन् ।
ब्रसेल्स विमानस्थलले आक्रमणको १२ औँ दिनपछि प्राय सेवा सञ्चालनमा ल्याउन सुरु गरेको बताउँदै यसलाई पूर्ण सञ्चालनमा ल्याउन आगामी जुनसम्म कुर्नुपर्ने भएको विमानस्थल स्रोतले बतायो ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो