काठमाडौं । ०७२ सालको बैशाख १२ गते विनाशकारी भुइँचालोले नेपाललाई हल्लाइरहेको बेला नेपथ्य अष्ट्रेलियाको साँगीतिक यात्रामा थियो । यात्राको अन्तिम प्रस्तुती अन्तर्गत भोलीपल्ट नै मेलबोर्नको टाउनहलमा टोली मञ्चमा उभिनु पथ्र्यो । तत्काल नचिताएको परिस्थिती आइ परेपछि शोकमग्न आयोजक र कलाकारहरु ‘अब के गर्ने ?’ भन्ने द्विविधामा परे । तर, निर्णय लिएरै छाडियो– ‘जसरी भए पनि कार्यक्रम गर्ने ।’ र, सम्पन्न पनि भयो ।
फर्किने बेलामा नेपथ्यलाई उसका टोकियो र दुबइमा पूर्वनिर्धारित अर्का दुइ कार्यक्रम गर्ने वा नगर्ने भन्ने विषयमा दोमन थियो । आयोजकहरुसँगको छलफलपछि ती दुई कार्यक्रम पनि गर्ने तर दुवै कार्यक्रम भूकम्पबारे जनचेतना र राहतमा समर्पित गरिने तय भयो ।
‘नेपालमा भुइँ हल्लिरहेको बेला हाम्रो मन त्योभन्दा पनि दोब्बर रफ्तारमा हल्लिरहेका थिए,’ टोलीका अगुवा एवं गायक अमृत गुरुङ भन्छन्, ‘त्यो रात मैले सुतेको बेलामा पनि ०५८ सालताका रेकर्ड गरेको गीत मेरो दिमागमा बजिरहेको थियो ।’
गीत थियो –
‘नराम्रो सपना देखेथेँ…’
‘टोकियो र दुबइ दुवै स्थानमा हामीले यसै गीतबाट कन्सर्टको थालनी गरेका थियौं जसलाई प्रस्तुत गरिरहँदा पृष्ठ भागमा देखाउनका निम्ति भूकम्पका तस्बिरहरु जम्मा पारिएको थियो,’ गायक गुरुङ भन्छन्, ‘त्यो गीत र दृश्यहरु चलिरहेका बेला दर्शक दिर्घामा रसाएका आँखा हेर्दै गाइरहनु मेरा निम्ति कम्ती गाह्रो थिएन । तै पनि कार्यक्रमलाई अघि बढाउनु पर्ने बाध्यता थियो ।’
ती दुवै कार्यक्रम सकेर फर्किएपछि त्यसका दृश्यहरु काठमाडौंकै सिर्जनशिल तन्नेरी जमात ‘कथाहरु’ ले हेरे । उनीहरुले भुइँचालो आउनुभन्दा अगाडि र त्यसपछिका उपत्यकाका सम्पदाहरुको अवस्थालाई लिएर तिनै दृश्यमा आधारित एउटा भिडियो तयार पार्ने सोच बनाए । विशेष गरेर दुबइमा आयोजित कन्सर्टका दृश्यहरु प्रयोग भए र अन्य केहि जगेडा फुटेजहरु पनि प्रयोग गरियो ।
‘यो प्रकृयाबाट झण्डै १२ वर्षअघि रेकर्ड गरेको एउटा गीत पुनर्परिभाषित हुन गइरहेको थियो,’ नेपथ्यलाई प्रस्तुत गर्दैआएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘यसरी तयार भएको यो भिडियो विनाशकारी महाभूकम्पको स्मृतिमा एउटा चिनोको रुप लिनसक्छ भन्ने हामीलाइ लाग्यो ।’
यो गीत र भिडियोलाई नेपथ्यले भूकम्प पीडित तमाम नेपालीमा समर्पित गरेको छ ।
‘यो भिडियो तयारीका निम्ति संलग्न हुनपाउँदा गौरव महशुस भएको छ,’ कथाहरुका शशांक श्रेष्ठ भन्छन्, ‘पुरानै गीत भए पनि यसमा काम गरिरहँदा मलाई यो भूकम्पको ब्यथा भोगिसकेपछि तयार भएको अनुभूति भएको थियो ।’
यो भिडियोलाई महाभूकम्पको ठीक एक वर्ष पुगिरहेको क्षण त्यसैको स्मृतिमा सर्वसाधारणका निम्ति नेपथ्यको
आधिकारीक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा