प्योङ्गयाङ्ग, १२ वैशाख । उत्तर कोरियाले सबम्यारिन युद्धपोतबाट प्रहार गर्न सकिने शक्तिशाली जल क्षेप्यास्त्र (अण्डर वाटर ब्यालिस्टीक मिसाइल) को सफल परीक्षण गरेको छ ।
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ्ग उनले उक्त क्षेप्यास्त्रको प्रथम परीक्षण गर्नुभएको यहाँको आधिकारिक समाचार समिति कोसिएनएले जनाएको छ ।
पानी मुन्तिर निकै लामो दूरीसम्म अत्यन्त तेजगतिका साथ जाने, आकाशमा पनि तेज गतिमा ठाडो सिधा (भरटिकल) गई लक्ष्यमा प्रहार गर्नसक्ने अत्यन्त शक्तिशाली बहुउद्देशयीय क्षेप्यास्त्रको कार्यसम्पादन सुनिश्चित गर्न उक्त परीक्षण गरिएको सर्वोच्च नेता किमले सो समाचार समितिलाई बताउनुभएको छ ।
उत्तर कोरिया यस्ता विभिन्न खाले शक्तिशाली सामरिक हातहतियार उत्पादन गर्नु क्षमता राख्दछ भनि प्रमाणित गर्न पनि सो परीक्षण गरेको जनाइएको छ ।
साथै मुलुकको जलसेनाको सामरिक शक्तिमा प्रचुरविकास गर्न एवम् परिआएमा दक्षिण कोरिया उच्च प्रवृति युक्त अत्याधुनिक वा संयुक्त राज्य अमेरिका समर्थित शक्तिहरु विरुद्ध आणविक युद्धका लागि चुनौति दिन समेत क्षेप्यास्त्र सक्षम रहेको समेत किमले दावी गर्नु भएको छ ।
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
भारतीय प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा