सरकारद्वारा दिवङ्गत आत्माप्रति दीप प्रज्वलन

गतवर्ष वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा मृत्यु भएका नेपालीको आत्माको चिरशान्तिको लागि आइतबार माइतीघर मण्डलामा दीप प्रज्वलन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र उहाकी धर्मपत्नी राधिका शाक्य । तस्बिर ः रोशन सापकोटा, रासस

काठमाडौँ, १२ वैशाख । गत वर्ष वैशाख १२ गतेको भूकम्प र त्यसपछिको परकम्पनबाट दिवङ्गत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आज बेलुका सरकारले दीप प्रज्वलन गरेको छ ।

मृत आत्माको चिरशान्तिको कामना गर्दै प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीद्वय चित्रबहादुर केसी र टोपबहादुर रायमाझी, गृहमन्त्री शक्तिबहादुर बस्नेत, वन तथा भू–सरंक्षणमन्त्री अग्नि सापकोटा, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री आनन्दप्रसाद पोखेरलले माइतीघर मण्डलामा मैनबत्ती बालेर दीप प्रज्वलन गर्नुभयो ।

दीप प्रज्वलनमा नेपालस्थित विभिन्न मुलुकका कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, सुरक्षाकर्मी, कलाकार, पत्रकार, उद्योगपति व्यवसायी एवम् समाजका विभिन्न क्षेत्रसँग आवद्ध लब्धप्रतिष्ठित एवम् सर्वसाधारणको ठूलो सङ्ख्यामा उपस्थिति रहेको थियो ।

विसं २०७२ वैशाख १२ गते गोरखा केन्द्रबिन्दु भएर ७।६ रिक्टर स्केलको भूकम्प जाँदा लगभग नौ हजार मानिसको मृत्यु भएको थियो । दुई हजार २०० भन्दा बढी घाइते हुनुका साथै झन्डै पाँच लाख घर ध्वस्त भएका थिए । हालसम्म चार रिक्टर स्केल र त्यसभन्दामाथिका ४४९ परकम्प गएका छन् ।

यसैगरी, नेपालमा हालैको भूकम्प गएको एक वर्ष पुगेको अवसरमा सो भूकम्पमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्न आज दीप प्रज्वलन कार्यक्रमको आयोजना गरयो ।

काठमाडौँ महानगरपालिका हनुमानढोका दरबार संरक्षण कार्यक्रम तथा त्यस क्षेत्रका विभिन्न सङ्घसंस्थाको विशेष पहलमा आयोजित त्यस कार्यक्रममा सो भूकम्पमा परी मृत्यु भएका आठ हजार ८५६ जनाको सम्झनामा आठ हजार ८५६ वटा दीप सामूहिक प्रज्वलन गरिएको थियो ।

हामी उठ्ने छौं फाउण्डेशन, भूकम्पमा परी मृत्यु हुनेहरुको सम्झनामा भूकम्पबाट भत्किएको धरहरा र काष्ठमण्डपको आकृतिसहित बसन्तपुर डबलीमा गरिएको दीप प्रज्वलन। तस्बिर ः रत्न श्रेष्ठ, रासस

हामी उठ्ने छौं फाउण्डेशन, भूकम्पमा परी मृत्यु हुनेहरुको सम्झनामा भूकम्पबाट भत्किएको धरहरा र काष्ठमण्डपको आकृतिसहित बसन्तपुर डबलीमा गरिएको दीप प्रज्वलन। तस्बिर ः रत्न श्रेष्ठ, रासस

काठमाडौँको दमकल अगाडि माइदेगः, वसन्तपुरमा धरहरा र काष्ठमण्डपको प्रतिमूर्ति बनाउनुका साथै दशअवतार देखाउने देवल, माइदेगः, माद्यो पार्वतीको मन्दिर तथा नगरामा पनि दीप प्रज्वलन गरिएको थियो ।

दीप प्रज्वलनमा झन्डै २०० व्यक्तिले सिन्कामा कपडाले बेरेर घ्यू राखिएको इता प्रज्वलन गरी दीप बालिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री