गोरखा, १२ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले गत वर्ष वैशाख १२ को ‘गोरखा भूकम्प’ को केन्द्रविन्दु बारपाक पुगेर भूकम्पस्मृति उद्यानको आज शिलान्यास गर्नुभएको छ ।
उहाँले भूकम्पमा परी निधन भएकाहरुको सम्झनामा जिल्ला दैवीप्रकोप उद्धार समितिले निर्माण गर्न लागेको स्तम्भको पनि शिलान्यास गर्नुभयो ।
बारपाक वडा नं ४ र ५ को केही भाग समेटेर भूकम्पस्मृति उद्यान निर्माण गर्न लागिएको छ । यसअघि जिविसले बोटबिरुवा हुर्काएर उद्यान बनाएका ठाउँमा मृतकको सम्झना गर्दै भूकम्पस्मृति स्मृति बनाउने तयारी गरिएको हो ।
यस्तै राष्ट्रपति भण्डारीले एक भूकम्पपीडितको घरको शिलान्यास गर्दै गोरखा पुनःनिर्माणको शुभारम्भ पनि गर्नुभयो ।
बारपाक–४ का गोपाल विकको घर शिलान्यास गरेपछि राष्ट्रपति भण्डारीले अनुदान पाउने लाभग्राहीको नामावली (सूची) सार्वजानिक गर्नुभयो । उहाँ बारपाक– ४ स्थित हिमालय उमाविको प्राङ्गणमा आयोजित कार्यक्रममा सहभागी पनि हुनुभयो । राष्ट्रपति भण्डारी ४५ मिनेट बारपाक गाउँ बसेर लाप्राकतर्फ जानुभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक जनकराज पाण्डेयले जानकारी दिनुभयो ।
लाप्राक पुनःनिर्माणमा गैरआवासीय नेपाली सङ्घ (एनआरएन) ले सघाउने बताउँदै आएको छ । एनआरएनलाई लाप्राक पुनःनिर्माणको स्वीकृति दिने सम्झौताका लागि राष्ट्रपति सहित राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कर्मचारी पनि लाप्राक पुगेको बारपाक–४ का तेजबहादुर घलेले टेलिफोनमा जानकारी दिनुभयो ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ