काठमाडौँ, १० वैशाख । प्रधानसेनापति राजेन्द्र क्षत्री अमेरिकी सेनाको औपचारिक निमन्त्रणामा ११ दिने भ्रमणका लागि आगामी आइतबार त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ ।
अमेरिकी सेनाको कमाण्ड र जनरल स्टाफ कलेज फोर्ट लिभेनवर्थ कान्सास र बार कलेज कार्लिस्ले ब्यारेक पेन्सिल भेनियामा इन्टरनेसनल फेलोस् हल अफ फेम इन्डक्सन (इएचओएफ) समारोहमा भाग लिन उहाँ त्यसतर्फ जान लाग्नुभएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
अमेरिकी सेनाका शिक्षण संस्थाले त्यहाँबाट शिक्षा लिएर उच्च ओहोदामा पुग्ने शिक्षार्थीलाई सम्मान दिने प्रावधानअनुरुप प्रधानसेनापति क्षत्री सम्मान ग्रहण गर्न जानुहुने भएको हो ।
यी दुवै अमेरिकी सैनिक शिक्षण संस्थाको इन्टरनेसनल हल अफ फेममा सम्मानित हुने उहाँ नेपाली सेनाको पहिलो प्रधानसेनापति हुनुहुन्छ ।
अमेरिका भ्रमणमा रहँदा प्रधानसेनापतिले त्यहाँका उच्चपदस्थ अधिकारीलगायत वरिष्ठ सैनिक अधिकृत र संयुक्त राष्ट्रसङ्घका पदाधिकारीसँग भेटवार्ता गर्नुहुनेछ ।
प्रधानसेनापतिको भ्रमणले नेपाली सेना र अमेरिकी सेनाबीच रहँदै आएको सम्बन्धलाई थप प्रगाढ र सुदृढ तुल्याउन योगदान पुग्ने नेपाली सेनाले विश्वास लिएको छ ।
प्रधानसेनापति क्षत्री यही वैशाख २३ गते स्वदेश फर्कनुहुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
यतिखेर नेपाललाई डायस्पोराको झन् बढी खाँचो : कार्यवाहक राजदूत दुवाडी
गायक राजु लामाको मंगोलियन हर्टले आगामी १३ डिसेम्बरमा बेलायतमा प्रस्तुति दिने
नेपालको राजधानीमा एमालेको प्रदर्शन
बेलायतको पूर्व सांसदलाई जेल सजाय, रुसबाट घुस लिएको अभियोग
नागरिकता निरन्तरता र प्रवासी नेपालीहरुको मताधिकारबारे मन्त्री घिसिङ र अधिवक्ता घिमिरेसँग आइतबार एनआरएनएको अन्तरक्रिया
कामदार भिसामा बेलायत पठाउने भन्दै ४२ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ
बेलायतमा कार दुर्घटनामा मृत्यु भएका तामाङका परिवारलाई एनआरएनए यूकेद्वारा झन्डै ५ लाख सहयोग हस्तान्तरण
बेलायतमा मृत्यु भएका नेपालीको नाममा फेक एकाउन्टबाट सहयोग संकलन, बन्द गर्न ‘गो फन्डमी’मा रिपोर्ट
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’मा मृत्युदण्ड
दक्षिणपश्चिमी जापानमा भीषण आगलागी : १७० घर नष्ट, सयौँ विस्थापित