लन्डन । हाल बेलायतमा रहेका तीन नेपाली राष्ट्रिय कलाकारलाई एक कार्यक्रमबीच सम्मान गरिएको छ । साउथ इष्ट लन्डनका व्यवसायीहरुको आयोजनामा एक कार्यक्रम गरि उनीहरुलाई सम्मान गरिएको हो ।
गायक गायिका शिव परियार, रामजी खांड र देबिका केसी बुधबार सांझ उलवीच लोटस क्लवमा आयोजित कार्यक्रममा सम्मानित भए ।
साउथ इष्टका सक्रिय समाजसेवी एवं व्यवसायीहरु दीपक श्रेष्ठ, विनोद ज्ञवाली, प्रकाश बस्नेत, प्रकाशराज कंडेल र कर्ण शाहीको नेतृत्वमा आयोजित विशेष पार्टीमा कलाकारहरुले आफूलाई अवसर र सम्मान दिएकामा आयोजकलाई धन्यवाद दिए ।
अधिकांश आयोजकले कार्यक्रम सकिएपछि कलाकारलाई त्यति वास्ता नगर्ने परिपाटीबीच साउथ इष्टवासीले कलाकारहरुको सम्मानमा कार्यक्रम राखेका हुन् ।
पारिवारिक वातावरणमा सिमित दर्शकबीच हेम विष्टको साउण्ड सिस्टममा कलाकारहरुले आफ्नो गायन समेत प्रस्तुत गरे । अनौपचारिक भन्दा भन्दै गायक शिव परियारले आफ्नो हिट नम्बर देखि नयां गीत सुनाइहाले । उनले पिउंदिन भन्दा भन्दै, बेहोसीपछि, रित्तो रित्तो, कहां थियौं तिमी रंगमन्च, पागल बनायौ प्रिय, लगायौ माया सांट्यौ नि आदि गीत गाएर दर्शकलाई कहिले भावुक त कहिले नाच्न वाध्य बनाए ।
लोकप्रिय दोहोरी कलाकारद्वय रामजी खांड र देबिका केसीको दोहोरी गायनले पनि मनोरन्जन दिलाएको थियो ।
५ हजार बढि गीत गाइसकेका खांडले ‘फूल फूलेर पयांलै भयो…’, ‘सालैजो…’ अनि पन्चे बाजाका साथ ‘काफल पाक्यो…’ गीत गाएर दर्शक मन जिते । गायिका देबिका केसीको चाहिं ‘बाजी ठोकम आउ झिल्के…’ ले धेरै झिल्केहरुलाई नचायो ।
विनोद ज्ञवालीले सञ्चालन गरेको कार्यक्रममा व्यवसायी फत्त थापाले हेल्थ एण्ड सेफ्टीबारे जानकारी दिएका थिए । उक्त अवसरमा भूकम्पको वर्ष दिन पुग्नै लाग्दा दिवंगतहरुप्रति एक मिनेट मौनधारण समेत गरिएको थियो ।
यी तीन कलाकारहरु अझै केही साता बेलायतमा रहनेछन् ।
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ