फलेवास (पर्वत), ८ वैशाख । आज बिहानै कलाकार मनोज गजुरेल सदरमुकाम कुश्माबजारस्थित शिवालय चोकमा भेटिनुभयो । मुखमा माक्स र हातमा पन्जा लगाएका गजुरेललाई कुचोसहित एक्कासी शिवालय चोकमा भेटिँदा बजारवासी दङ्ग परे ।
सधैँजसो जिल्लाकै कर्मचारी र स्थानीयवासीको हुलमुलमा चर्चित कलाकार देखिँदा कहाँ, किन र कसरी आए भन्ने कुतुहलता बढ्न थाल्यो र स्थानीयवासी एकापसमा कानेखुसी गर्न थाले । उहाँ सरसफाइ कार्यक्रममै सहभागी हुन राजधानीदेखि पर्वत आइपुग्नुभएको रहेछ ।
उहाँमात्र हैन उहाँसँग नायिका जानुवी बोहोरा, जादुगर कलाकार महादेव त्रिपाठी, गायिका मिलन अमात्य, मेरी बास्सैका हास्य कलाकार सुरेन्द्र केसी र जोगिन्दरको पान पसल कार्यक्रमका सञ्चालक हास्य कलाकार शिवशङ्कर रिजाललगायत धमाधम देखिन थाले ।
उहाँहरुलाई उक्त सरसफाइ अभियानमा सहभागी हुने अवसर जुटाएको थियो पर्वत जेसिजले । सदरमुकाम कुश्मा बजारको सरसफाइका लागि थालिएको अभियान २०आँै हप्ता पुगेका अवसरमा स्थानीयवासीलाई हौसला प्रदान गर्न उहाँहरुलाई पनि सहभागी गराइएको हो । बिहानभर जिल्ला प्रशासन कार्यालयबाट सुरु गरेर सदरमुकाम परिक्रमा गरी उहाँहरु सरसफाइमा सरिक भए । वातावरण सरसफाइमा यो, ऊ नभनिकन सबै एकजुट हुनुपर्छ भन्ने मान्यता बोकेर आफूहरु पनि सरसफाइ अभियानमा ती कलाकारले बताए ।
सो अवसरमा चर्चित हास्य कलाकार गजुरेलले नागरिक र सरकारको साझेदारीमा गरिएका जुनसुकै काम दिगो र प्रभावकारी हुने बताउनुभयो ।
सानोतिनो कामका लागि पनि राज्यकै मुख ताक्नुभन्दा नागरिक आफैँ सक्रिय हुँदा सबैका निम्ति राम्रो हुने जानकारी उहाँको भनाइ थियो । उहाँले आफू पनि यस्तो महाअभियानमा सहभागी हुन पाएकामा खुसी व्यक्त गर्नुभयो ।
त्यस्तै, गायिका मिलन अमात्य र नायिका जानुवी बोहोराले पनि सरसफाइमा अभियानको उत्साह देखेर आफूहरु दङ्ग परेको प्रतिक्रिया दिनुभयो । यस्तो अभियान नेपालभरका सहरमा सुरु गर्नुपर्ने उहाँहरुको भनाइ थियो ।
पछिल्लो समय पर्वत सदरमुकाम कुश्मा बजारको सरसफाइ कार्यमा स्थानीय जनताको सहभागिता उल्लेख्य मात्रामा बढ्दै गएको छ । विगत २० सातादेखि सुरु भएको सरसफाइ अभियानमा स्थानीय बजारवासी स्वतःस्फूर्त रुपमा निस्किन थालेका छन् । कुश्मा बजारलाई स्वच्छ सफा, सुन्दर नमुना सहर बनाउने उद्देश्यले थालिएको अभियान प्रभावकारी बन्दै गएको छ । प्रत्येक हप्ताको बुधबार बिहान ७ बजेदेखि ९ बजेसम्म हुने उक्त सरसफाइमा कुश्मा बजारवासी आ–आफ्नो व्यक्तिगत वा कार्यालयको काम छाडेर भए पनि सहभागी हुने गरेका छन् ।
सरसफाइलाई प्रभावकारी बनाउने उद्देश्ले जेसिजले आर्थिक सङ्कलन अभियान पनि सुरु गरेको छ । यसअन्तर्गत आज ब्लु डाइमण्ड हास्यव्यङ्ग्य कार्यक्रम गरेको छ ।
कार्यक्रममा रु दुई लाखभन्दा बढी रकम सङ्कलन भएको बताइएको छ । उक्त रकम खर्चे सदरमुकाम कुश्मा बजारका चोकचोकमा स्थायी खालका डस्टबिन राखिने भएको छ । हास्यव्यङ्ग्य कार्यक्रममा नेपालकै होचा व्यक्ति दिपेन शाह, नायिका जानुवी बोहोरा, जादुगर कलाकार महादेव त्रिपाठी, गायिका मिलन अमात्य, कलाकार सुरेन्द्र केसी र शिवशङ्कर रिजाललगायतको प्रस्तुति रहेको थियो ।
उक्त कार्यक्रम हेर्न पर्वत, बाग्लुङ र धौलागिरि जनताको घुइँचो लागेको थियो । झन्डै पाँच महिनाअघिदेखि सुरु भएको उक्त अभियानबाट दुर्गन्धित कुश्मा बजार क्षेत्रका नाली, सडक तथा घर वरिपरिको वातावरण अहिले सफा र चिटिक्क देखिएका छन् ।
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो